अन्तिम खेलमा मलिंगालाई कीर्तिमान बनाउने मौका

काठमाडौं, साउन ९ । बंगलादेश विरुद्धको एकदिवसीय सिरिजको पहिलो खेल खेलेसँगै श्रीलंकाका चर्चित बलर लसिथ मलिंगाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिँदै छन् । उनले आफ्नो अन्तिम खेल भोलि (शुक्रबार) बंगलादेशविरुद्ध खेल्न लागेका हुन् । यदि आफ्नो अन्तिम खेलमा मलिंगाले ३ विकेट लिए विशेष उपलब्धि हासिल गर्ने छन् ।

याे पनि पढ्नुस  न्यूजिल्याण्डविरुद्ध मलिंगाले लिए ४ बलमा ४ विकेट

बंगलादेश विरुद्धको खेलमा उनले ३ विकेट हासिल गर्न सके भारतीय पूर्वक्रिकेटर अनिल कुम्बलेलाई पछि पार्ने छन् । अन्तर्राष्ट्रिय वान डे क्रिकेटमा कुम्बलेले ३३७ विकेट लिएका छन् । यस्तै मलिंगाको खातामा ३३५ विकेट छ । श्रीलंकाका मुथैया मुरलीधरण सर्बाधिक विकेट लिने सूचीको शीर्ष स्थानमा छन् । उनको नाममा ५३४ र चामिन्डा वासको खातामा ३९९ विकेट रहेको छ ।

याे पनि पढ्नुस  मलिंगाले बनाए अर्को कीर्तिमान, तोडियो अफ्रिदिको रेकर्ड

योर्करका राजा मानिने मलिंगाले हालै इंग्ल्याण्ड र वेल्समा सम्पन्न वान डे विश्वकपमा शानदार प्रदर्शन गरेका थिए । यद्यपि उनको टिम सेमिफाइनलसम्म पुग्न सकेन । ३५ वर्षीय मलिंगाले अन्तर्राष्ट्रिय क्रिकेटमा ८१४ विकेट लिएका छन् । जसमा वान डेमा ३३५, टि–२० मा ३७८ र टेस्ट क्रिकेटमा १०१ विकेट हासिल गरेका छन् ।

याे पनि पढ्नुस  मलिंगाले बनाए अर्को कीर्तिमान, तोडियो अफ्रिदिको रेकर्ड

कमेन्ट गर्नुहोस्