९८९ कर्मचारीको दरबन्दी स्वीकृत (मन्त्रिपरिषद्का २० निर्णय)

काठमाडौं, साउन ९ । सरकारले विभिन्न आयोजना सञ्चालनका लागि भन्दै तीन वटा मन्त्रालयमा ९ सय ८९ जना कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।

खानेपानी मन्त्रालयमा २ सय १३, वन तथा वातावरण मन्त्रालयमा ५०, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा ७ सय २६ जना कर्मचारीको दरबन्दी स्वीकृत गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्