छमछमी नचाउने शर्मिलाको तिज गीत ‘नाचौ दिदी बहिनी’

चर्चित गीतकार गायत्री थापा र शर्मिला गुरुङले तीज गीत ‘नाचौं दिदीबहिनी’ ल्याएका छन् । गायत्री थापाकै शब्द रहेको गीतमा शर्मिलालाई स्वरमा राधा हमाल बाँनियाले साथ दिएक छिन् ।

लोक शैलीमा तयार भएको गीतमा शब्दहरु सिम्पल तथा अर्थपूर्ण छन् । पछिल्लो समय तीज गीतमा विभिन्न खालका तडकभडकका शब्द प्रयोग गरेर ल्याइने गरेको छ । तर ‘नाचौ दिदीबहिनी’मा सानादेखि वृद्धसम्मले मन पराउने, बुझ्ने खालका शब्द छन् । गीत सबैको रोजाइमा पर्ने गीतकार गायत्री थापाको दावी रहेको छ ।

नेपाली सांगीतिक क्षेत्रमा थुप्रै चर्चित गीत गीतकार तथा गायिका गायत्री थापा ‘जनसेवाश्री सम्मान’बाट केही पहिले विभूषित समेत भएकी थिइन् । गीतको भिडियो पनि आकर्षक बनेको छ । ऋचा थापा र अलिसा खत्रीको नृत्य रहेको म्युजिक भिडियो मदन खड्काले निर्देशन गरेका हुन् ।

तीज गीत हेर्नको लागि यहाँ लिंकमा क्लिक गर्नुहोस्

कमेन्ट गर्नुहोस्