विश्वकप छनोटः संकटमा मलेसिया, नवौं विकेट पतन (LIVE)

काठमाडौं, साउन १० । सिंगापुरमा जारी आईसीसी टि–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत सिंगापुर विरुद्धको खेलमा मलेसियाले खराब प्रदर्शन गरेको छ । उसले १८ ओभरमा ८९ रन बनाएर ९ विकेट गुमाइसकेको छ । यो अवस्थामा पुग्दा मलेसियाका मुहम्द सहादतले सर्बाधिक २२ रन बनाए ।

अंक तालिकामा २ अंकका साथ मलेसिया दोस्रो र ३ अंकका साथ सिंगापुर शीर्ष स्थानमा छ । यदि आज सिंगापुरले मलेसियालाई हराउनसके नेपाललाई फाइदा पुग्ने देखिन्छ । मलेसिया र नेपालको समान अंक भएपनि मलेसिया नेट रनरेटका आधारमा अगाडि छ । आज भएको पहिलो खेलमा कतारविरुद्ध कुवेत १० रनले विजयी भएको छ । प्रतियोगितामा कुवेतको यो पहिलो जीत हो । कुवेतले दिएको १९८ रनको विशाल लक्ष्य पछ्याएको कतारले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८७ रन बनायो ।

याे पनि पढ्नुस  विश्वकप छनोट खेल्ने नेपाली टोलीको बिदाई

उसका लागि फैसल जाभेदले २४, इनामउल हकले २८, मुहम्मद तानबीरले १६, मोहम्मद रिजलानले १३, कमरन खानले ८ रन बनाए । यस्तै कप्तान तमूर सज्जादले नटआउट ४६ र नूउमान सरवार १३ बलमा अविजित ३४ रन बनाए । बलिङमा कुवेतका सिराज खान, जन्दु हामुदले २–२ र मोहम्मद अश्लामले एक विकेट लिए ।

याे पनि पढ्नुस  विश्वकप छनोट–नेपाल र कुवेतबीचको होम खेल कुवेतमा नै हुने

यसअघि टस हारेर ब्याटिङको मौका पाएको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १९७ रन बनायो । उसका लागि अदानन इड्रेसले ५६, कप्तान मोहम्मद काशिफले ४३, मीट भास्वारले ३५, रभिजा सद्धारुवानले २६, उश्मान वाहीदले नटआउट २८, सिराज खानले ६ रन बनाए ।  बलिङमा कतारका इकबाल हुसैन, नउमान सरवारले २– २, मोहम्मद नदीम र इनाम उल हकले एकएक विकेट लिए ।

यो जीतसँगै कुवेत अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । उसले ३ खेलमा एकमा हार र एक खेलमा जीत हासिल गर्दै ३ अंक जोडेको छ । एक खेल भने वर्षाका कारण अंक बाँडिएको थियो । यस्तै कतार भने तालिकाको पुछारमा गएको छ । उसले ३ खेलमा एकमा जीत र २ खेलमा हार बेहोर्दै २ अंक मात्र बटुलेको छ । कुवेतले कतारलाई हराएपछि नेपाललाई केही राहत पुगेको छ । नेपाल र कतारको समान २ अंक थियो । नेपालले तेस्रो खेलमा भोलि कुवेतको सामना गर्दैछ ।

याे पनि पढ्नुस  विश्वकप छनोटमा नेपालको लज्जास्पद हार, कुवेत ७-० ले विजयी

कमेन्ट गर्नुहोस्