कास्की सार्दीखोला समाज कतारद्वारा हेपाटाइटिस बि रोगीलाई आर्थिक सहयोग

दोहा । कलेजो सम्बन्धि रोग ‘हेपाटाइटिस बि’ बाट संक्रमित निलकण्ठ आचार्यलाई कास्की सार्दिखोला समाज कतारले ३५ हजार नगद प्रदान गरेको छ । पोखरा महानगर पालिका, पैंयु स्थायी भई हाल माछापुच्छ्रे गाउपालिका–२, भुर्जुङ खोलामा दैनिक मजदुरी गर्दै आएका आचार्यको आर्थिक अबस्था कमजोर भएर उपचारमा समस्या भएकोले नगद सहयोग गरेको समाजका अध्यक्ष द्रोण प्रसाद बास्तोलाले बताए ।

याे पनि पढ्नुस  एनआरएन एनसीसी कतारको अध्यक्षमा मुक्तदाको उम्मेदवारी घोषणा

आफनो गाउँको बिकास अनि पहिचान, जिल्ला र देशकै पूर्वाधार भन्ने मुल नारा सहित सन् २०१२ मा माछापुच्छ्रे गाउँपालिका वार्ड नम्बर २ साबिकको सार्दिखोला गाबिस घर भएर वैदेशिक रोजगारीको क्रममा कतारमा रहेका ब्यक्तिहरुले स्थापना गरेको संस्थाले विभिन्न समस्यामा परेका ब्यक्तिहरुलाइ सहयोग गर्दै आएको अध्यक्ष बास्तोलाले बताए ।

आर्थिक अवस्था कमजोर रहेका आचार्य काम गर्दागर्दै अचानक बिरामी परेपछि स्थानीयको आर्थिक सहयोगमा हाल उपचार भैरेकोले उनको उपचारमा सहयोग पुगोस भनी कतारमा समाजले संकलन गरेको रकम एक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको छ ।

याे पनि पढ्नुस  कतारका विभिन्न जेलमा रहेका १७ नेपालीले पाए आममाफी

कास्की सार्दीखोला समाजका संस्थापक उपाध्यक्ष खुशीमान परियार, संस्थापक कोशाध्यक्ष माधव आचार्य, प्रथम उपाध्यक्ष कपुर मोहन तमाङ, सदस्य हिक वहादुर तमाङ, शंकर गिरी, समिक्षा भुजेल,दया रानामगर तथा सोही वडाका टोल बिकास समितिका संयोजक सुमन श्रेष्ठको रोहावरमा सहयोग रकम हस्तान्तरण गरिएको हो।

याे पनि पढ्नुस  कतार नेपाली एकता समाज सहानीय एरिया समितिद्वारा रवि कुमाललाई आर्थिक सहयोग

समाजका अध्यक्ष बास्तोलाले विशेष गरी कतारमै रहेका दाजुभाइ दिदिवहिनीलाई सहयोग गर्ने समाजको उद्देश्य रहेता पनि गम्भिर प्रकृतिका रोग लागेका, आर्थिक अवस्था नाजुक रहेका, प्राकृतिक प्रकोपमा परेका, गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई पनि आर्थिक सहयोग गर्दै आएको भन्दै सहयोग गर्ने सम्पूर्णलाई आभार व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्