क्यानडा लिगः सोमपालको टिम पहिलो खेल खेल्दै, को–को छन् टाेलीमा स्टार क्रिकेटर?

काठमाडौं, साउन १० । बिहीबारदेखि सुरु भएको ग्लोबल टि–२० क्यानडा लिगअन्तर्गत दोस्रो नेपाली फास्ट बलर सोमपाल कामीआवद्ध विनिपेग हक्स र मोन्ट्रीयल टाइगर्स भिड्दै छन् । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार भोलि बिहान २ः१५ बजेदेखि सुरु हुँदैछ । खेल भारतीय च्यानल स्टार नेटवर्क र अनलाइनमा हटस्टारमा देख्न सकिने छ ।

सोमपालआवद्ध पूर्ण टिमः डिजे ब्रावो (कप्तान), जेपी डुमीनि, क्रिस लिन, उमर अकमल, ड्यान स्मिथ, पउल भान मीकेरेन, नजिबुल्लाह जर्दान, सोमपाल कामी, उमिर घानी, सन्नी सोहल, शाहिमन अनवार, रायद इमरित, वरुण सेदेव, रमीज सहजाद, कलिम सना, हम्जा तरिक र रोमीस इरंगा ।

सन्दीपआवद्ध टोरोन्टो नाइट्सको पूरा टिमः युवराज सिंह (कप्तान), ब्रेण्डन म्याक्लम, सन्दीप लामिछाने, किरण पोलार्ड, हेनेरिक क्लासेन, मिचेल म्याग्लनेघन, चिराग सुरी, गुलमान शब्बीर, मनप्रीत गोनी, जेम्री नोर्दान, क्रिस ग्रीन, जेसी सिंह, कलुम म्याकल्वोइड, मार्क मन्फोर्ट, रविन्दर सिंह, सलमान नजर र रोड्रिगो थोमस ।

सन्दीप र सोमपालले २ वटा खेल गुमाउने
सन्दीप लामिछाने र सोमपाल कामीले टि–२० क्यानडा लिगका सुरुवातका २ खेल गुमाएका छन् । उनीहरु आइसीसी टि–२० विश्वकप एसिया छनोटका लागि सिंगापुरमा रहेकाले सुरुवातका २ खेल गुमाएका हुन् ।

कमेन्ट गर्नुहोस्