श्रीलंका भर्सेस बंगलादेशः १११ रन बनाएर आउट भए पेरेरा

काठमाडौं, साउन १० । बंगलादेश विरुद्धको एकदिवसीय क्रिकेट सिरिजको पहिलो खेलमा श्रीलंकाले तेस्रो विकेट गुमाएको छ । श्रीलंकाले तेस्रो विकेटकारुपमा कुसल पेरेरालाई १११ रनमा गुमाएको हो । १ छक्का र १७ चौकाको मद्दतमा ९९ बलमा १११ रन बनाएको अवस्थामा उनलाई सौम्य सरकारले आउट गरेका हुन् ।

वानडे क्रिकेटमा पेरेराको यो पाँचौ शतक हो । यसअघि श्रीलंकाले कप्तान दिमुथ करुणारत्नेलाई ३५ र अभिश्वका फर्नाडोलाई ७ रनमा गुमाउन पुग्यो ।

कोलम्बोमा टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले यो समाचार तयार पार्दासम्म ३३ ओभरमा ३ विकेट गुमाएर  २०८ रन बनाएको छ ।

कमेन्ट गर्नुहोस्