टेस्ट क्रिकेटः ३२ रन बनाउँदा आयरल्याण्डले गुमायो ७ विकेट !

काठमाडौं, साउन १० । इंग्ल्याण्ड विरुद्धको एक मात्र टेस्ट क्रिकेटको दोस्रो इनिङमा आयरल्याण्डले खराब प्रदर्शन गरेको छ । उसले १२.५ ओभरमा ३२ रन बनाउँदा महत्वपूर्ण ७ विकेट गुमाइसकेको छ ।

आयरल्याण्डको इनिङलाई धरासय बनाउन क्रिस ओक्सले ४, स्टुअर्ड ब्रोडले ३ विकेट लिइसकेका छन् । आयरल्याण्डले अब जीतका लागि १५० रन बनाउनुपर्छ ।

पहिलो इनिङमा इंग्ल्याण्डले ८५ र दोस्रो इनिङमा ३०३ रन बनाएको थियो । आयरल्याण्डले भने पहिलो इनिङमा २०७ रन बनाएको थियो ।

कमेन्ट गर्नुहोस्