विप्लव निकट युवा संघका अध्यक्ष पक्राउ

जाजरकोट। विप्लव नेकपा निकट युवा संगठनकाे जाजरकोटका जिल्ला अध्यक्ष खडक सिंहलाई पक्राउ गर परेका छन् । प्रहरीले सिंहलाई सुर्खेतबाट प्रकाउ गरेको हो।

सुर्खेत प्रहरीले सिंहलाई जाजरकोट पठाएको छ। सिंहमाथि चन्दा असुली र व्यक्ति अपहरणको मुद्धा लगाउने तयारी भइरहेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार वस्नेतले बताए।

जाजरकोटका साथै अन्य जिल्लामा चन्दा संकलन तथा अपराधिक गतिविधि गरिरहेको सूचनाका आधारमा सिंहलाई पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए।

कमेन्ट गर्नुहोस्