मलिंगाको अन्तिम खेलमा श्रीलंकाले दियो बंगलादेशलाई ३१५ रनको लक्ष्य

काठमाडौं, साउन १० । बंगलादेश विरुद्धको एकदिवसीय सिरिजको पहिलो खेलमा श्रीलंकाले ३१५ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१४ रन बनायो ।

उसका लागि कुसल पेरेराले शतक बनाए । उनले १ छक्का र १७ चाैकाको मद्दतमा ९९ बलमा १११ रन बनाएका हुन् । वान डे क्रिकेटमा पेरेराको यो पाँचौ शतक हो ।

याे पनि पढ्नुस  मलिंगाले बनाए अर्को कीर्तिमान, तोडियो अफ्रिदिको रेकर्ड

यस्तै एन्जेलो म्याथ्यूजले ४८, कुसल मेन्डिसले ४३, कप्तान दिमुथ करुणारत्नले ३६, लाहिरु थिरिमनले २५, धनन्जय डी सिल्भाले १८, अभिश्का फनान्डोले ७, थिसरा पेरेराले २ र लसिथ मलिंगाले नटआउट ६ रनको योगदान दिए ।

बलिङमा बंगलादेशका शाहफिउल इश्लामले ३, मुस्तफिजुर रहमानले २, मेहदी हसन मिराज, सौम्य सरकार र रुबेल हुसैनले एक–एक विकेट लिए ।

याे पनि पढ्नुस  न्यूजिल्याण्डविरुद्ध मलिंगाले लिए ४ बलमा ४ विकेट

यो पनिः सन्यास लिँदैछन् ह्याट्रिकको रेकर्ड राख्ने यी महान् खेलाडी, अन्तिमपटक खेल्दैछन् आज

कमेन्ट गर्नुहोस्