कर्णाली सरकारले बाढी–पहिरो पीडितलाई ३ लाख दिने

सुर्खेत, साउन १० । कर्णालीमा बाढी र पहिरोबाट पीडित भएका परिवारलाई प्रदेश सरकारले राहत उपलब्ध गराउने निर्णय गरेको छ । अविरल वर्षापछि प्रदेशका विभिन्न जिल्लामा बाढी र पहिरोका कारण धनजनको क्षति भएको छ। यही क्रममा प्रदेश सरकारले मृतकका आफन्त र घरबारविहीन भएका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको हो।

बिहीबारको मन्त्रिपरिषद् बैठकले पीडितलाई आवश्यक राहत वितरण गर्ने निर्णय गरेको हो। बाढी र पहिरोका कारण मृत्यु भएका व्यक्तिका आफन्तलाई एक लाख र घर पूर्णरुपमा क्षति भएका परिवारलाई तीन लाख रुपैयाँ उपलब्ध गराइने भएको हो।

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले प्रतिमृतक एक लाखका दरले र घर निर्माणका लागि पीडित परिवारलाई तीन लाख रुपैयाँ दिने निर्णय मन्त्रिपरिषद्ले गरेको जानकारी दिइन्।

कमेन्ट गर्नुहोस्