अन्तिम खेलमा मलिंगाको घातक बलिङ, एक विकेट लिए कीर्तिमान

काठमाडौं, साउन १० । श्रीलंकाका फास्ट बलर लसिथ मलिंगाले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेटको अन्तिम खेलमा पनि घातक मलिङ गरेका छन् । उनले ५ ओभर बलिङ गर्दा महत्वपूर्ण २ विकेट लिइसकेका छन् । मलिंगाले पहिलो ओभरको पाँचौ बलमा र चौथो ओभरकाे तेस्रो बलमा विकेट लिन सफल भएका हुन् । उनले कप्तान तमिम इकबाललाई शून्य र सौम्य सरकारलाई १५ रनमा आउट गरे ।

मलिंगाले अब एक विकेट लिए नयाँ उपलब्धि हासिल गर्ने छन् । उनले थप एक विकेट लिए भारतीय पूर्वक्रिकेटर अनिल कुम्बलेलाई पछि पार्ने छन् । अन्तर्राष्ट्रिय वान डे क्रिकेटमा कुम्बलेले ३३७ विकेट लिएका छन् । यस्तै मलिंगाको खातामा ३३५ विकेट छ । श्रीलंकाका मुथैया मुरलीधरण सर्बाधिक विकेट लिने सूचीको शीर्ष स्थानमा छन् । उनको नाममा ५३४ र चामिन्डा वासको खातामा ३९९ विकेट रहेको छ ।

याे पनि पढ्नुस  ओमानविरुद्ध कुशलले दिलाए नेपाललाई पहिलो सफलता

योर्करका राजा मानिने मलिंगाले हालै इंग्ल्याण्ड र वेल्समा सम्पन्न वान डे विश्वकपमा शानदार प्रदर्शन गरेका थिए । यद्यपि उनको टिम सेमिफाइनलसम्म पुग्न सकेन । ३५ वर्षीय मलिंगाले अन्तर्राष्ट्रिय क्रिकेटमा ८१४ विकेट लिएका छन् । जसमा वान डेमा ३३५, टि–२० मा ३७८ र टेस्ट क्रिकेटमा १०१ विकेट हासिल गरेका छन् ।

याे पनि पढ्नुस  वान डे सिरिजः वेस्ट इन्डिजविरुद्ध विराटको कीर्तिमानी शतक

बंगलादेशलाई ३१५ रनको लक्ष्य
बंगलादेश विरुद्धको एकदिवसीय सिरिजको पहिलो खेलमा श्रीलंकाले ३१५ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१४ रन बनायो ।

उसका लागि कुसल पेरेराले शतक बनाए । उनले १ छक्का र १७ चाैकाको मद्दतमा ९९ बलमा १११ रन बनाएका हुन् । वान डे क्रिकेटमा पेरेराको यो पाँचौ शतक हो ।

याे पनि पढ्नुस  भारत र वेस्ट इन्डिज भिड्दै, प्लेइङ ११ मा को–कोले पाउलान् मौका?

यस्तै एन्जेलो म्याथ्यूजले ४८, कुसल मेन्डिसले ४३, कप्तान दिमुथ करुणारत्नले ३६, लाहिरु थिरिमनले २५, धनन्जय डी सिल्भाले १८, अभिश्का फनान्डोले ७, थिसरा पेरेराले २ र लसिथ मलिंगाले नटआउट ६ रनको योगदान दिए ।

बलिङमा बंगलादेशका शाहफिउल इश्लामले ३, मुस्तफिजुर रहमानले २, मेहदी हसन मिराज, सौम्य सरकार र रुबेल हुसैनले एक–एक विकेट लिए ।

कमेन्ट गर्नुहोस्