सेल्फीले लियो युवतीको ज्यान

काठमाडौं, साउन ११ । रामेछाप– जिल्लाको सदरमुकाम मन्थलीमा सेल्फी खिच्नेक्रममा तामाकोशी नदीमा खसेर शुक्रबार एक युवतीको ज्यान गएको छ।

मन्थली नगरपालिका वडा नं २ स्थित कठजोर खोला नजिकैबाट तामाकोशी नदी किनारमा सेल्फी खिच्ने क्रममा भक्तपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा नं ६ घर भएकी १९ बर्षिया शर्मिला कर्मचार्य तामाकोशी नदीमा खसेर ज्यान गएको हो।

नदीसमेत आउने गरी सेल्फी खिच्नेक्रममा तामाकोशीमा खसेर बगाएकी कर्माचार्य मन्थली विमानस्थल नजिकबाट नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोलीले उद्धार गरी उपचारका लागि तामाकोशी अस्पताल लगिएको र उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता शेख अदालतले जानकारी दिए।

मृतक कर्मचार्य केही साथीसहित दोलखा घुम्न हिडेको प्रहरीले जनाएको छ। लाशलाई पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा राखिएको छ। मृतक आफन्त भक्तपुरबाट मन्थली आउदै गरेको र उनीहरु आएपश्चात भोली मात्र पोष्टमार्टम गरी लाश परिवारलाई जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्