कुवेतको ९ विकेट गुम्यो, करणलाई दोस्रो सफलता (LIVE)

काठमाडौं, साउन ११ । सिंगापुरमा जारी आईसीसी टि–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आफ्नो तेस्रो खेलमा कुवेतविरुद्ध नेपालले उत्कृष्ट प्रदर्शन गरेको छ । नेपालले १८.२ ओभरमा ९ विकेट लिइसकेको छ । नेपाललाई नवौं सफलता करण केसीले दिलाए । यस्तै आज बसन्त रेग्मीले ४ ओभरमा ३ विकेट लिएर २० रन मात्र खर्चिए । यस्तै सन्दीप लामिछानेले ४ ओभरमा २३ रन दिएर ३ विकेट हासिल गरे । नेपाललाई छैठौ सफलता अविनाश बोहराले दिलाउन सफल भए । उनले २३ रन बनाएर खेलिरहेका मोहम्मद अश्लामलाई आउट गर्न सफल भएका हुन् ।

चौथो र पाँचौ सफलता सन्दीपले दिलाए । यस्तै दोस्रो र तेस्रो सफलता बसन्त रेग्मीले आफ्नो पहिलो ओभरमै दिलाउन सफल भए । तेस्रो विकेटकारुपमा कुवेतले विष्फोटक ब्याट्सम्यान आदन इड्रिसलाई २५ रनमा गुमाउन पुग्यो ।

यसअघि नेपाललाई पहिलो विकेट दोस्रो ओभरको पहिलो बलमै करण केसीले दिलाएका थिए । आज नेपालले टस जितेर टस जितेर फिल्डिङ रोजेको हो । चोटका कारण मलेसियासँगको खेल गुमाएका कप्तान पारस खड्का टोलीमा फर्किएका छन् । मलेसियासँगको खेलबाट नेपालले १ खेलाडी परिवर्तन गरेको छ । कप्तान पारसले कमब्याक गर्दा प्रदीप ऐरी प्लेइङ ११ मा स्थान बनाउन असफल भएका छन् ।

कमेन्ट गर्नुहोस्