विश्वकप छनोटः कुवेतले दियो नेपाललाई १४२ रनको लक्ष्य (LIVE)

काठमाडौं, साउन ११ । सिंगापुरमा जारी आईसीसी टि–२० विश्वकप एसिया क्षेत्र छनोटमा कुवेतले नेपाललाई १४२ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको मौका पाएको कुवेतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४१ रन बनायो । उसका लागि कप्तान मोहम्मद काशिफले नटआउट ४९, महोम्मद अश्लामले २३, आदिन अड्ररीसले २५, रविजा सन्दरुवानले १५, बिलाल ताहिरले १३ रन बनाए ।

बलिङमा नेपालका सन्दीप लामिछाने, बसन्त रेग्मीले ३–३, करण केसीले २ र अविनाश बोहराले एक विकेट लिए । चोटका कारण मलेसियासँगको खेल गुमाएका कप्तान पारस खड्का टोलीमा फर्किएका छन् । मलेसियासँगको खेलबाट नेपालले १ खेलाडी परिवर्तन गरेको छ । कप्तान पारसले कमब्याक गर्दा प्रदीप ऐरी प्लेइङ ११ मा स्थान बनाउन असफल भएका छन् । नेपालको प्लेइङ –११

१.पारस खड्का (कप्तान)
२. ज्ञानेन्द्र मल्ल
३. शरद भेषावकर
४. वसन्त रेग्मी
५. सोमपाल कामी
६. अभिनास बोहोरा
७. सन्दीप लामिछाने
८. दीपेन्द्रसिंह ऐरी
९. विनोद भण्डारी
१०. करण केसी
११. रोहितकुमार पौडेल

कमेन्ट गर्नुहोस्