नेपाललाई पहिलो झड्का, कप्तान खड्काकाे विष्फोटक ब्याटिङ (LIVE)

काठमाडौं, साउन ११ । सिंगापुरमा जारी आईसीसी टि–२० विश्वकप एसिया क्षेत्र छनोटमा कुवेतले दिएको १४२ रनको लक्ष्य पछ्याएको नेपालले पहिलो विकेट गुमाएको छ । नेपालले पहिलो विकेटकारुपमा ३.५ ओभरमा ज्ञानेन्द्र मल्ललाई गुमाएको हो । उनी १३ बलमा १९ रन बनाएर आउट भएका हुन् ।

नेपालले ८ ओभरमा एक विकेट गुमाएर ८० रन बनाएको छ । आज नेपालको ओपनिङमा कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्ल आए थिए । मलेसियाविरुद्ध ढाडको समस्याका कारण खेल गुमाएका पारसले आज भने टिममा फर्किएका छन् । उनले ८ ओभरको खेल सकिँदा ७ चौकाको मद्दतमा २२ बलमा ३७ रन बनाएका छन् ।

याे पनि पढ्नुस  सागका लागि पुरुष क्रिकेटको तयारी आइतबारबाट, को–को परे छनोटमा?

यसअघि टस हारेर ब्याटिङको मौका पाएको कुवेतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४१ रन बनायो । उसका लागि कप्तान मोहम्मद काशिफले नटआउट ४९, महोम्मद अश्लामले २३, अदनान आर्डिसले २५, रविजा सन्दरुवानले १५, बिलाल ताहिरले १३ रन बनाए ।

बलिङमा नेपालका सन्दीप लामिछाने, बसन्त रेग्मीले ३–३, करण केसीले २ र अविनाश बोहराले एक विकेट लिए । चोटका कारण मलेसियासँगको खेल गुमाएका कप्तान पारस खड्का टोलीमा फर्किएका छन् । मलेसियासँगको खेलबाट नेपालले १ खेलाडी परिवर्तन गरेको छ । कप्तान पारसले कमब्याक गर्दा प्रदीप ऐरी प्लेइङ ११ मा स्थान बनाउन असफल भएका छन् । नेपालको प्लेइङ –११

याे पनि पढ्नुस  टि–२० वरीयताः रसेल र गेलभन्दा पारस अगाडि

१.पारस खड्का (कप्तान)
२. ज्ञानेन्द्र मल्ल
३. शरद भेषावकर
४. वसन्त रेग्मी
५. सोमपाल कामी
६. अभिनास बोहोरा
७. सन्दीप लामिछाने
८. दीपेन्द्रसिंह ऐरी
९. विनोद भण्डारी
१०. करण केसी
११. रोहितकुमार पौडेल

कमेन्ट गर्नुहोस्