विष्फोटक ब्याटिङ गरेर कप्तान खड्का आउट

काठमाडौं । सिंगापुरमा जारी आईसीसी टि–२० विश्वकप एसिया क्षेत्र छनोटमा कुवेतले दिएको १४२ रनको लक्ष्य पछ्याएको नेपालले तेस्रो विकेट गुमाएको छ । तेस्रो विकेटका रुपमा नेपालले दीपेन्द्रसिंह ऐरीलाई १ रनमा गुमाएको हो । यसअघि नेपालले दोस्रो विकेटकारुपमा कप्तान पारस खड्कालाई ६८ रन गुमायो । उनले ११ चौका र १ छक्काको मद्दतमा ४२ बलमा ६८ रन बनाए ।

यो समाचार तयार पार्दासम्म नेपालले १४ ओभरमा ३ विकेट गुमाएर १२८ रन बनाएको छ । नेपालका लागि ज्ञानेन्द्र मल्लले १९, कप्तान खड्काले ६८ र दीपेन्द्र सिंह ऐरीले भने खाता नै खोल्न सकेनन् । नेपालले जीत हासिल गर्न अब १४ रन मात्र बनाउनुपर्छ । यसअघि टस हारेर ब्याटिङको मौका पाएको कुवेतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४१ रन बनायो । उसका लागि कप्तान मोहम्मद काशिफले नटआउट ४९, महोम्मद अश्लामले २३, अदनान आर्डिसले २५, रविजा सन्दरुवानले १५, बिलाल ताहिरले १३ रन बनाए ।

बलिङमा नेपालका सन्दीप लामिछाने, बसन्त रेग्मीले ३–३, करण केसीले २ र अविनाश बोहराले एक विकेट लिए । चोटका कारण मलेसियासँगको खेल गुमाएका कप्तान पारस खड्का टोलीमा फर्किएका छन् । मलेसियासँगको खेलबाट नेपालले १ खेलाडी परिवर्तन गरेको छ । कप्तान पारसले कमब्याक गर्दा प्रदीप ऐरी प्लेइङ ११ मा स्थान बनाउन असफल भएका छन् ।

कमेन्ट गर्नुहोस्