इमरानको ठूलो जीतः अमेरिकाले १२५ मिलियन डलरको सैन्य सहयोग दिने

वाशिङ्गटन, पाकिस्तानले सैन्य कुटनीतिमा फडको मार्न सफल भएको छ । अमेरिकाले गत वर्ष सैन्य कटौती गरेको पाकिस्तानलाई यस वर्ष भने पाकिस्तानका लडाकु विमानका क्षेत्रमा १ सय २५ मिलियन डलर सहयोग दिने भएको हो । यसका

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र पाकिस्तानका प्रधानमन्त्री इमरान खानबीच वार्ता भएको ५ दिनपछि यस्तो घोषणा गरिएको हो ।

याे पनि पढ्नुस  लाहोरमा शक्तिशाली बम विष्फोट, प्रहरीका उच्च अधिकारीसहित १३ को मृत्युु

यस अन्तर्गत अमेरिकाले पाकिस्तानका लडाकु विमान एफ १६ को प्रोग्रामका लागि २४ द्दण्टा अनुगमन गर्न सपोर्टिङ कर्मचारी भर्ना गरिने छन् ।

अमेरिकाले गत जनवरी २०१८ मा पाकिस्तानलाई रक्षा सहयोग दिन बन्द गरेको थियो । तर अहिलेको यो सम्झौताले पाकिस्तान र अमेरिकाबीचको सम्बन्धमा गुणात्मक सुधार आएको संकेत दिएको छ ।

याे पनि पढ्नुस  प्रेसमाथि सैन्य शासनमा जस्तै अंकुश लगाउन खोजेको भन्दै पाकिस्तानका पत्रकार आन्दोलित

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताका अनुसार प्रस्तावित निर्णय अमेरिकी विदेश नीतिमा आधारित रहेको छ । पाकिस्तानले प्राविधिक सहयोग नियमित बनाउन अमेरिकासँग गरेको आग्रह अनुरुप यो सहयोग दिइएको हो ।

पाकिस्तानलाई अमेरिकाले दिएको महत्वले भारतमा भने ठूलो सनसनी फैलिएको छ ।

कमेन्ट गर्नुहोस्