विश्वकप छनोटः अन्तिम खेलमा मलेसियाविरुद्ध कतार विजयी

काठमाडौं, साउन ११ । सिंगापुरमा जारी आइसीसी टि–२० विश्वकप एसिया छनोटमा आफ्नो अन्तिम खेलमा मलेसियाविरुद्ध कतार ४ विकेटले विजयी भएको छ । १४५ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा आएको कतारले १९.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । उसका लागि कमरन खानले २७, तमुर सज्जादले २६, क्वालन्दर खानले २५ र नउमान सरवारले नटआउट ४७ रन बनाए ।

याे पनि पढ्नुस  विश्वकप छनोट–नेपाल र कुवेतबीचको होम खेल कुवेतमा नै हुने

बलिङमा मलेसियाका रविनदीप सिंहले २, अनवार रहमान र निविल्ली लियानएजले एकएक विकेट लिए । यसअघि टस जितेर ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा १९.१ ओभरमा सम्पूर्ण विकेट गुमाएर १४४ रन बनायो ।

उसका लागि बीरन्दीप सिंहले ४९, शाफिक शरिफले ३६, कप्तान अहमद फैजले २३, शरविन मुनिन्देले १२ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङमा कतारका इकबाल हुसैन, मोहम्मद नदीमले ३-३, ग्यान मुनउइरेराले २ र नउमान सरवारले एक विकेट लिए ।

याे पनि पढ्नुस  विश्वकप छनोटमा नेपालको लज्जास्पद हार, कुवेत ७-० ले विजयी

प्रतियोगितामा कतारले आजको खेल जितेसँगै ४ खेलमा २ मा हार र एक २ खेलमा जीत हासिल गर्दै अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । यद्यपि कतार उपाधि जित्नबाट चुकेको छ । उसले आफ्नो दोस्रो खेलमा नेपाललाई ४ विकेटले हराएको थियो । यता मलेसिया भने ४ खेलमा एकमा मात्र जीत हासिल गर्दै अंक तालिकाको पुछारमा छ ।

याे पनि पढ्नुस  विश्वकप छनोटः चाइनिज ताइपेईविरुद्ध नेपाल १–० ले अगाडि

यो पनिः सिंगापुरविरुद्ध नेपालको प्लेइङ ११ मा को–कोले पाउलान् मौका?

कमेन्ट गर्नुहोस्