एशेज सिरिजः इंग्ल्याण्डद्वारा टिम घोषणा, बेन स्टोक्स उप-कप्तान

काठमाडौं, साउन ११ । अष्ट्रेलिया विरुद्धको पाँच टेष्ट एशेज सिरिजका लागि इंग्ल्याण्ड टिममा घोषणा गरिएको छ । एक अगस्टदेखि सुरु हुने सिरिजको पहिलो खेलका लागि इंग्ल्याण्डले जो रुटको कप्तानीमा टिम घोषणा गरेको हो ।

एशेज सिरिजको पहिलो टेस्ट खेलमा इंग्ल्याण्डको टिममा हालै सम्पन्न विश्वकपमा उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका जोफ्रा आर्चरले मौका पाएका छन् । आर्चरले वान डे विश्वकप २०१९ मा ११ खेलमा २० विकेट लिएका थिए । उनी एक विश्वकपमा इंग्ल्याण्डको तर्फबाट सर्बाधिक विकेट लिने पहिलो बलरसमेत बनेका थिए ।

इंग्ल्याण्डको टिमः जो रूट (कप्तान), बेन स्टोक्स (उपकप्तान), मोइन अली, जेम्स एण्डरसन, जोफ्रा आर्चर, जोनी बेयरेस्टो, स्टुअर्ट ब्रड, रोरी बर्न्स, जस बटलर, स्याम करन, जो डेनली, जसन रोय, बेन ओली स्टोन र क्रिस वोक्स ।

कमेन्ट गर्नुहोस्