महिलाको स्तन समातेर भविष्य हेर्ने ज्योतिष ! (भिडियोसहित)

काठमाडौं । हाम्रो देश प्राचिन कालदेखि नै अन्धविश्वास र आडम्बरीले जबडिएको छ । २१ औँ शताब्दीमा पनि मानिसहरु सामाजिक अन्धविश्वासमा नै अल्झिरहेका छन् । आफ्नो भविष्य कस्तो होला, के होला भनेर कतिपय मानिसहरु भविष्यव्यक्तामाथि पूर्णतया निर्भर बन्ने गरेका छन् ।

याे पनि पढ्नुस  स्तनलाई स्वस्थ राख्न र राम्रोसँग सजाउने यी हुन् ८ तरिका

आफ्नो भविष्य बारे चिन्ता हुनु जायजै भएपनि अन्धविश्वासमै अल्मलिनुलाई भने एक अनौठो विश्वासको रुपमा लिन सकिन्छ । आफ्नो जिज्ञासा मेटाउन प्राचिन कालदेखि चलिआएका हात हेर्ने, जन्म कुण्डली हेर्ने, चिना हेर्ने लगायतका कुरामा मानिसहरु अझै पनि ज्योतिषकहाँ धाउने गर्छन् ।

ज्योतिषहरुको पनि आ–आफ्नै हात हेर्ने तरिका रहेको पाइन्छ । हालै हाम्रो देशको छिमेकी मुलुक चीनका एक ज्योतिषीको भिडियो सार्वजनिक भएको छ । उनी महिलाहरुको स्तन मुसारेर जन्म कुण्डली हेर्ने गर्छन् ।उनको जन्म कुण्डली हेर्ने यस्तो तरिकाले दुनियाँलाई नै चकित पारेको छ । यी ज्योतिषीले युवतीहरुको स्तनमा हात राखेर उनीहरुको भविष्य बताउने गर्छन् । आफ्नो भविष्य हेर्नलाई महिलाहरु पनि घण्टौँ लामो लाईनमा बस्ने गरेका छन् । नेपाल समाचारपत्र दैनिकबाट

याे पनि पढ्नुस  गर्भावस्थामा महिलाले ध्यान दिनुपर्ने विशेष कुराहरु...

कमेन्ट गर्नुहोस्