इन्जिनियर र प्रहरीले भरियो अख्तियार हिरासत

काठमाडौं, साउन १२ । साउन ४ गते कर्णाली व्यवस्थापन कार्यालय बर्दियाका इन्जिनियर कमल सिटौला, इन्जिनियर विश्वेश्वरप्रसाद शाह, इन्जिनियर हरिप्रसाद चौधरी र सवारीचालक टंकप्रसाद ओझालाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले १५ लाख घुससहित पक्राउ गर्योर्। तारजाली भरेको रकम भुक्तानीबापत् उनीहरूले घुस लिएका थिए। उनीहरूमाथि अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिए।

-सिरहाको गोलबजार नगरपालिकाका सब(इन्जिनियर उमा श्रेष्ठ ५० हजार घुससहित पक्राउ परिन्। शौचालय निर्माणको भुक्तानी सहज बनाएबापत् घुस लिएकी उनलाई गोलबजार-७ पुरानो चोहर्वा बसपार्कस्थित होटलबाट असार ३ पक्राउ गरी अनुसन्धान भइरहेको छ।

-जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, दोलखाका सिनियर डिभिजन इन्जिनियर प्रकाश अधिकारी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, सिन्धुपाल्चोकका इन्जिनियर भोगेन्द्र साह र सवारीचालक सुमन खड्कालाई १४ लाख ६८ हजार घुस रकमसहित असार ३ मा अख्तियार टोलीले भक्तपुर जगातीबाट पक्राउ गर्योर्।

-रामनगर गाउँपालिका, सर्लाहीका इन्जिनियर रामजीबाबु यादवलाई ५० हजार घुससहित अख्तियारले नियन्त्रणमा लिएको छ। विद्युत जडानको प्राविधिक मूल्यांकनसहित कार्य सम्पन्न प्रतिवेदन बनाएर भुक्तानी सहज गराएबापत् उनले घुस लिएका थिए।

-असार २४ गते बाराको पचरौता नगरपालिकाका इन्जिनियर रामप्रकाश सतरा १४ हजार घुससहित पक्राउ परे। उनले नगरपालिकास्थित स्कुलको कम्पाउन्ड वाल निर्माण सम्पन्न भएपछि नियमानुसार भुक्तानीका लागि सिफारिस गर्नुपर्नेमा घुस मागेका थिए। उनी र कार्यालय सहयोगी धुव्र महतोलाई १५ हजार र सोही कार्यालयका नासु बद्रीबहादुर थापालाई १४ हजार घुससहित कार्यालय परिसरबाटै अख्तियारले नियन्त्रणमा लिएर छानबिन गरिरहेको छ।

याे पनि पढ्नुस  प्रहरीलाई घुस दिन खोज्ने बस चालक पक्राउ

– असार १७ गते खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय स्याङ्जाका इन्जिनियर वासी अख्तर मोहम्मद ४ लाख घुससहित पक्राउ परे। खानेपानी आयोजनाको भुक्तानी दिएकोमा विभिन्न बहाना बनाइ रकम लिइसकेको अवस्थामा पुतलीबजारबाट नियन्त्रणमा लिइ अख्तियारले अनुसन्धान गरिरहेको छ।

-खाजलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय महेन्द्रनगर कञ्चनपुरका कार्यालय प्रमुख डीई अजितकुमार श्रीवास्तव र इन्जिनियर ग्रीष्मा ठगुन्ना २ लाख घुस रकमसहित पक्राउ परे। निर्माण भइसकेको चौधर नदी नियन्त्रण योजनाको उपभोक्ता समितिको रनिङ बिल फरकफारक गराइदिने भन्दै उनले घुस लिएका थिए। असार १२ मा कार्यकक्षबाटै रकमसहित पक्राउ परेका उनीहरूमाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

यतिबेला अख्तियारको हिरासत इन्जिनियर र प्रहरीले भरिएको छ। घुसरकमसहित नियन्त्रणमा लिएकाहरूमध्ये र अनुसन्धानको सिलसिलामा आवश्यक परे अख्तियारको कानुनअनुसार हिरासतमा राख्ने गरिएको छ। अख्तियारका प्रवक्ता कोइरालाले अख्तियारको कानुनी नियन्त्रणमा रहेकाहरूबारे एकिन जानकारी दिने नगरिएको बताए। ‘रंगेहात पक्राउ परेकाहरू जसको मुद्दा दायर गरिएको छैन, उनीहरू अख्तियारको कानुनी हिरासतमा छन्’, उनले भने, ‘अनुसन्धानको सिलसिलामा आवश्यक परेका केही पनि छन्।’

याे पनि पढ्नुस  घुस लिएको आरोपमा सहायक प्रधानाध्यापक र लेखापाल अख्तियारको फन्दामा

आर्थिक वर्ष ०७५÷७६ को मा अख्तियारले गरेका कारवाहीमध्ये एक चौथाइमा इन्जिनियरसहित प्राविधिक घुससहित पक्राउ परेका छन्। अख्तियारको एक वर्षको यस्तो कारवाहीमा ५३ जना इन्जिनियरसहित प्राविधिक परेका छन्। अघिल्लो वर्ष अख्तियारले २ सय जनालाई घुससहित पक्राउ गरेको थियो। जसमा १ सय ६१ राष्ट्रसेवक कर्मचारी परेका छन्।

साउनमा मात्र इन्जिनियरहरूबाट ३० लाख रुपैयाँ घुस बरामद गरिएको छ। अख्तियारले विशेष अदालतमा दायर गरेका मुद्दामा प्राविधिक उल्लेख्य संख्यामा छन्। सिक्टा सिँचाइ आयोजना, पप्पु कन्स्ट्रक्सनसहित ठूला संस्थामा प्राविधिक इन्जिनियरमाथि मुद्दा चलाइएको छ। एक एक तथ्यांक ननिकाले पनि धेरै प्राविधिक र इन्जिनियरहरूविरुद्ध मुद्दा चलाइएको अख्तियारका प्रवक्ता कोइरालाले बताए।

प्रहरी पनि

-महानगरीय प्रहरी वृत्त गौशाला काठमाडौंका सइ रमेशबहादुर पाण्डे र राजु स्वर्णकार घुस रकमसहित पक्राउ परेका छन्। उनीहरूले मुद्दा चाँडै मिलाइ दिने भन्दै १८ हजार घुस लिएका थिए। उनीहरूलाई घुस लिँदालिँदै अख्तियारले पक्राउ गरेको प्रवक्ता एवं सहसचिव कोइरालाले जानकारी दिए। काठमाडौं महानगरपालिका वडा नम्बर ८ स्थित मिथिला काबेली यातायात सेवा प्रालि र अनलाइन डिलक्सको टिकट काउन्टरको अफिस अगाडिको सार्वजनिक सडक किनाराबाट घुससहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको उनले बताए।

याे पनि पढ्नुस  ललिता निवास जग्गा प्रकरणमा ५८ जनालाई बोलायो अख्तियारले

-अस्थायी ट्राफिक प्रहरी पोस्ट कोसी कटान, सुनसरीमा कार्यरत प्रहरी जवान भरत कटुवाल घुससहित पक्राउ परेका छन्। उनले काँकडभिट्टा ९काठमाडौं चल्ने गाडी सञ्चालन सहज गरिदिने भन्दै घुस लिएका थिए। ५ हजार घुससहित इटहरी उपमहानगरपालिका वडा नम्बर ५ स्थित पूर्व(पश्चिम सडकबाट रकमसहित पक्राउ गरी अनुसन्धान भइरहेको छ।

– प्रहरी चौकी बगाह, रूपन्देहीमा प्रहरी सहायक निरीक्षक प्रेमबहादुर थापा तीन हजार घुससहित पक्राउ परेका छन्। उनले हार्डवेयरका सामान बिक्री वितरण सहज बनाइदिने भनि घुस लिएका थिए। उनलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको छ।

अघिल्लो वर्ष अख्तियारको कारवाहीमा ३३ जना प्रहरी परेका थिए। नेपाल प्रहरीका डीएसपी श्यामकुमार राईदेखि प्रहरी जवानसम्म घुससहित पक्राउ परे। महानगरीय प्रहरी वृत बौद्धका प्रमुख डीएसपी राई १ लाख ४० हजारसहित पक्राउ परेका हुन्। उनीविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ। यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्