विश्वकप छनोटः सिंगापुरविरुद्ध नेपालका स्पिनर महंगा (LIVE)

काठमाडौ, साउन १२ । आइसीसी टि–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आफ्नो अन्तिम खेलमा सिंगापुरविरुद्ध नेपालका स्पिनर महंगा सावित भएका छन् । नेपालले दोस्रो ओभरमै विकेट लिन सफल भए पनि दबाबमा राख्न नसक्दा सिंगापुरले उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।

नेपालका फास्ट बलरले कम रन खर्चिए पनि स्पिनर भने महंगा सावित भएका छन् । शनिबार कुवेतविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका सन्दीप लामिछाने र बसन्त रेग्मी आज महंगा सावित भएका हुन् । सन्दीपले पहिलो ओभरमै १४ र बसन्त रेग्मीले २ ओभरमा २९ रन दिइसकेका छन् । ताजा अवस्थामा सिंगापुरले १० ओभरमा एक विकेट गुमाएर ९६ रन जोडेको छ ।

याे पनि पढ्नुस  भोलिको खेलबारे के भन्छन् कप्तान खड्का? (भिडियो)

आज नेपालले टस हारेर बलिङको मौका पाएको हो । नेपालले आजको खेलमा कुनै खेलाडी परिवर्तन गरेको छैन । कुवेतसँगको टोलीनै निरन्तरता उतारेको छ ।

नेपालको प्लेइङ ११ः पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, वसन्त रेग्मी, सोमपाल कामी, अभिनास बोहोरा, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, करण केसी, रोहितकुमार पौडेल

याे पनि पढ्नुस  महंगा नेपाली बलर, सन्दीपले ३ ओभरमा दिए ३४ रन ! (LIVE)

आजको विजेता टोली आगमी अक्टोबरमा यूएईमा हुने ग्लोबल छनोटमा स्थान बनाउने छ । नेपाल पराजित भए वा वर्षाको कारण अंक बाँड्नु परे विश्वकप खेल्ने सपना सकिने छ ।

कमेन्ट गर्नुहोस्