नेपाललाई दोस्रो सफलता, विष्फोटक ब्याट्सम्यान आउट (LIVE)

काठमाडौ, साउन १२ । आइसीसी टि–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत सिंगापुरविरुद्धको अन्तिम खेलमा नेपाललाई दोस्रो सफलता मिलेको छ । नेपाललाई दोस्रो सफलता१०.४ ओभरमा मिलेको हो ।

दोस्रो सफलता दिलाउने क्रममा अविनाश बोहराले ४९ रन बनाएर खेलिरहेका रोहन रंगराजलाई आउट गरे । यसअघि नेपालले दोस्रो ओभरको चौथो बलमा पहिलो विकेट लिन सफल भएको थियो ।

याे पनि पढ्नुस  सिंगापुरसँग हार्नुको कारण के हुन्? यस्तो भन्छन् पारस र सन्दीप

नेपाललाई पहिलो सफलता दिलाउने क्रममा करन केसीले आफ्नो पहिलो ओभरमै विकेट लिन सफल भएका हुन् । उनले सुरेन्द्रन चन्द्रमोहनलाई ८ रन आउट गरे ।  आज नेपालले टस हारेर बलिङको मौका पाएको हो । ताजा अवस्थामा सिंगापुरले १२ ओभरमा २ विकेट गुमाएर १०९ रन बनाएको छ । नेपालले आजको खेलमा कुनै खेलाडी परिवर्तन गरेको छैन । कुवेतसँगको टोलीनै निरन्तरता उतारेको छ ।

याे पनि पढ्नुस  ग्लोबल छनोट पुग्ने नेपालको सपना अपूरो

नेपालको प्लेइङ ११ः पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, वसन्त रेग्मी, सोमपाल कामी, अभिनास बोहोरा, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, करण केसी, रोहितकुमार पौडेल

आजको विजेता टोली आगमी अक्टोबरमा यूएईमा हुने ग्लोबल छनोटमा स्थान बनाउने छ । नेपाल पराजित भए वा वर्षाको कारण अंक बाँड्नु परे विश्वकप खेल्ने सपना सकिने छ ।

याे पनि पढ्नुस  विश्वकप छनोटः सिंगापुरले दियो नेपाललाई १९२ रनको लक्ष्य (LIVE)

कमेन्ट गर्नुहोस्