विश्वकप छनोटः विष्फोटक ब्याटिङ गरेर ज्ञानेन्द्र आउट (LIVE)

काठमाडौं, साउन १२ । आइसीसी टि–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आफ्नो अन्तिम खेलमा सिंगापुरले दिएको १९२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपालले दोस्रो विकेट गुमाएको छ । नेपालले दोस्रो विकेटकारुपमा ज्ञानेन्द्र मल्ललाई गुमाएको हो । उनी २१ बलमा ३९ रन बनाएर आउट भए । यसअघि नेपालले पहिलो विकेटकारुपमा कप्तान पारस खड्कालाई १२ रनमा गुमाएको थियो । उनलाई अम्जाद महबुबुले आउट गरेका हुन् ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९१ रन बनायो । उसका लागि रोहन रंगराजनले ४९, टिम डभिडले ७७, मनप्रीत सिंहले ४२ रन बनाए । बलिङमा अविनाश बोहराले ४ र करण केसीले २ विकेट लिए ।

विरुद्ध नेपालका अनुभवी स्पिनर बसन्त रेग्मीले करियरकै खराब प्रदर्शन गरेका छन् । अघिल्लो खेलमा उत्कृष्ट प्रदर्शन गरेका उनले आज भने ४ ओभरमा बिनाविके ५४ रन खर्चिएका छन् । त्यसक्रममा उनले ३ छक्का र ५ चौका दिए । यस्तै सन्दीप लामिछानेले पनि ३ ओभरमा बिनाविकेट ३४ रन दिइसकेका छन् ।

स्पिनर महंगाबन्दा विशाल लक्ष्य
अघिल्लो खेलमा उत्कृष्ट प्रदर्शन गरेका नेपाली लेग स्पिनरले सिंगापुरविरुद्ध भने निकै खराब प्रदर्शन गरे । विश्वका चर्चित लिग खेलिसकेका सन्दीप लामिछानेले आज ३ ओभरमा बिनाविकेट ३४, बसन्त रेग्मीले ४ ओभरमा ५४ रन दिएर बिनाविकेट ५ र शरद भेषावरले ३ ओभरमा बिनाविकेट ३५ रन खर्चिए ।

आज नेपालले टस हारेर बलिङको मौका पाएको हो । नेपालले आजको खेलमा कुनै खेलाडी परिवर्तन गरेको छैन । कुवेतसँगको टोलीनै निरन्तरता उतारेको छ ।

नेपालको प्लेइङ ११ः पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, वसन्त रेग्मी, सोमपाल कामी, अभिनाश बोहरा, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, करण केसी, रोहितकुमार पौडेल ।

आजको विजेता टोली आगमी अक्टोबरमा यूएईमा हुने ग्लोबल छनोटमा स्थान बनाउने छ । नेपाल पराजित भए वा वर्षाको कारण अंक बाँड्नु परे विश्वकप खेल्ने सपना सकिने छ ।

https://youtu.be/hv92JyshEck

कमेन्ट गर्नुहोस्