विभिन्न व्यक्तित्वलाई मोना कतारको सम्मान

कतार, साउन १२ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारले शुक्रबार दोहामा एक कार्यक्रमका बीच विभिन्न व्यक्तित्वलाई सम्मानसहित विदाइ गरेको छ ।

लगानी संकलनको शिलसिलामा कतार आइपुगेको धौलागिरी कालिका हाइड्रोद्वारा निर्माणधीन २५ मेगावाट क्षमताको दर्बाङ्ग म्याग्दी खोला जलविद्युत आयोजनाको टिमलाई सम्मानसहित विदाइ गरेको हो ।

धौलागिरी कालिका हाइड्रोका अध्यक्ष एवं मोना आइसिसीका पुर्व वरिष्ठ उपाध्यक्ष विनोद कुवर, दर्बाङ्ग म्याग्दी खोला जलविद्युत आयोजनाका म्यानेजिङ डाइरेक्टर हर्कमान घर्तीमगर तथा सोही आयोजनाका संचालक ज्ञान थापालाई विदेशमा सिकेको सीप र आर्जन गरेको पुँजीले आफ्नै जिल्लामा जलविद्युत निर्माण गर्न लागेको भन्दै सम्मान गरेको मोना कतारका पुर्व अध्यक्ष एवं आइसिसी सचीवविक्रम कार्कीले बताए ।

सोही अवसरमा विभिन्न कार्यक्रमको शिलसिलामा कतारमा रहेका मानव सेवा आश्रम नेपालका अध्यक्ष रामजी अधिकारीलाई मानवता प्रवर्द्धनमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरेको हो । कार्यक्रममा बोल्दै मोना कतारका संरक्षक एव मोना आइसिसीका वरिष्ठ उपाध्यक्ष प्रेम बिश्वकर्माले म्याग्दीमा निर्माणधिन जलविद्युत परियोजना सम्पुर्ण म्याग्दी वासीको गौरवको कुरा भन्दै सबै जनालाई समेटेर अगाडि बढन आग्रह गरे । मानवीय सेवामा समर्पित मोना आइसिसि २३ देशमा पुगिसकेको भन्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताए ।

कार्यक्रममा सम्मानित व्यक्तित्व मोना दक्षिण कोरियाका संस्थापक अध्यक्ष समेत रहेका विनोद कुँवरले मोना आइसिसी कतारबाट सुरु भएको भन्दै संसारभर छरिएर रहेका म्याग्देलीलाई समेटन कतारले नै महत्त्वपूर्ण भुमिका खेलेको बताए । साथै उनले कतारमा कार्यरत म्याग्दीबासीलाई आफ्नो जिल्लामा निर्माणधिन जलविद्युतमा आत्मीयताको लागि भएपनि क्षमता अनुसार लागानी गर्न आग्रह गरे ।

कार्यक्रम मोना कतारले संचालन गरेको गतिविधिबारे उपाध्यक्ष नगेन्द्र फगामीले जानकारी गराएका थिए । सोही अवसरमा मोना कतारका अध्यक्ष तिलु शर्मा पौडेलले आफुहरुले १० लाखबराबरको बहुउद्देश्यीय अक्षयकोष निर्माण गर्न लागेकोमा आधा रकम संकलन भइसकेको भन्दै दर्बाङ्ग म्याग्दी खोला जलविद्युत आयोजनामा मोना कतार पनि संस्थागत लगानी गर्न इच्छुक रहेको भन्दै मोना कतारले जती लगानी गर्छ त्यतिनै परियोजनाले थपेर शेयर दिन आग्रह गरे ।

म्याग्दी प्रवासी नेपाली संघ ९मोना० कतारका अध्यक्ष तिलु शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गण्डकी समन्वय परिषद कतारका अध्यक्ष हंसराज ढकाल क्षत्री, दर्बाङ्ग म्याग्दी खोला जलविद्युत आयोजनाका म्यानेजिङ डाइरेक्टर हर्कमान घर्ती मगर तथा सोही आयोजनाका संचालक ज्ञान थापा लगाएतले मन्तव्य राखेका थिए । मोना कतारका वरिष्ठ उपाध्यक्ष मीन कार्कीले स्वागत गरेको कार्यक्रमको संचालन महासचीव थम कुमार गिरिले गरेका थिए ।

कमेन्ट गर्नुहोस्