नेपाल दोस्रो बन्‍न पनि असफल, लगाएको मेडल फिर्ता !

काठमाडौं, साउन १२ । आईसीसी टि–२० विश्वकप क्रिकेट एसियाली छनोटको अन्तिम खेलमा सिंगापुरसँग पराजित भएपछि नेपालको दोस्रो स्थानको मेडल पनि खोसिएको छ।

सिंगापुरको इन्डियन एशोसियसन मैदानमा आज भएको खेलमा सिंगापुरसँग ८२ रनको फराकिलो अन्तरले पराजित भएपछि नेपाललाई आयोजकले दोस्रो स्थानको मेडल लगाइदिएका थिए। तर नेट रनरेटका आधारमा नेपालमा भन्दा कतार अगाडि भएको थाहा भएपछि नेपाली खेलाडीले लगाइसकेको दोस्रो स्थानको मेडल पनि आयोजकले फिर्ता लिएको हो ।

याे पनि पढ्नुस  प्रशिक्षक पटवाल भन्छन्, ‘हामी तयार रहेनछौं, छनोट नभएर राम्राे भयो’

–०.३७८ नेटरन रेटसहित कतार दोस्रो स्थानमा रहँदा ०.६८२ नेट रनरेटसहित नेपाल तेस्रो स्थानमा रह्यो।

कमेन्ट गर्नुहोस्