समर्थकलाई पूर्वकप्तान दासको आग्रहः ‘हार स्वीकार्न सक्नुहुन्न भने समर्थन पनि नगर्नुस्’

काठमाडौं, साउन १२ । टी–२० एसिया विश्वककप छनोट अन्तर्गत अन्तिम खेलमा सिंगापुरसँग हारेसँगै नेपाली क्रिकेट टिमको चर्को आलोचना भइरहेको छ । ब्याटिङ–बलिङमा खराब प्रदर्शन गरेको भन्दै नेपाली क्रिकेट टिमको सामाजिक सञ्जालमार्फत चर्को आलोचना भइरहेको हो ।

यसैबीच, नेपाली क्रिकेट टिमका पूर्वकप्तान बिनोद दासले खेलाडी र टिमलाई गालि नगर्न आग्रह गरेका छन् । उनले टुइटरमा भनेको छन्, ‘खेलाडीहरुले जति पिडा अरुले महसुस गर्दैनन् । हामीले हारपछि खेलाडीको जीवन र शरीरलाई अघि ल्याएर गालि गर्छौं र एक–दुई दिनमा बिर्सन्छौ। तर खेलाडीहरुले यही असफलता लिएर जीवन बिताउनु पर्छ। कृपया उनीहरुलाई अपमान गर्न रोक्नुस् ।’

याे पनि पढ्नुस  प्रशिक्षक पटवालले किन दिए राजीनामा ?

अन्तिम खेलमा सिंगापुरले दिएको १९२ रनको विशाल लक्ष्य पछ्याएको नेपालले १५ ओभरमा सम्पूर्ण विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि ज्ञानेन्द्रम मल्लले सर्बाधिक ३९ रन बनाएसँगै नेपालको लगातार विकेट पतन भयो । विनोद भण्डारी ९, रोहित कुमार पौडेल ५, शरद भेषावकर ७, कप्तान पारस खड्का १२, दीपेन्द्रसिंह ऐरी २३, सोमपाल कामी ११ रनमा आउट भए ।

बलिङमा सिंगापुरका सेलादोरे विजयकुमारले ४, विनोध भास्कर्णले २, जनक प्रकाश, अम्जाद महबूब र अनन्थ कृष्णाले एक–एक विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९१ रन बनायो । उसका लागि रोहन रंगराजनले ४९, टिम डभिडले ७७, मनप्रीत सिंहले ४२ रन बनाए । बलिङमा अविनाश बोहराले ४ र करण केसीले २ विकेट लिए ।

याे पनि पढ्नुस  पारस खड्काद्वारा राष्ट्रिय टिमको कप्तानी छोडेको घोषणा

सिंगापुरविरुद्ध नेपालका अनुभवी स्पिनर बसन्त रेग्मीले करियरकै खराब प्रदर्शन गरे । अघिल्लो खेलमा उत्कृष्ट प्रदर्शन गरेका उनले आज भने ४ ओभरमा बिनाविकेट ५४ रन खर्चिए । त्यसक्रममा बसन्तले ३ छक्का र ५ चौका दिएका थिए । यस्तै सन्दीप लामिछानेले पनि ३ ओभरमा बिनाविकेट ३४ रन खर्चिए ।

स्पिनर महंगाबन्दा विशाल लक्ष्य
अघिल्लो खेलमा उत्कृष्ट प्रदर्शन गरेका नेपाली लेग स्पिनरले सिंगापुरविरुद्ध भने निकै खराब प्रदर्शन गरे । विश्वका चर्चित लिग खेलिसकेका सन्दीप लामिछानेले आज ३ ओभरमा बिनाविकेट ३४, बसन्त रेग्मीले ४ ओभरमा ५४ रन दिएर बिनाविकेट ५ र शरद भेषावरले ३ ओभरमा बिनाविकेट ३५ रन खर्चिए ।

याे पनि पढ्नुस  नयाँ टी–२० वरियतामा नेपाली क्रिकेटरको स्थान

आज नेपालले टस हारेर बलिङको मौका पाएको हो । नेपालले आजको खेलमा कुनै खेलाडी परिवर्तन गरेको छैन । कुवेतसँगको टोलीनै निरन्तरता उतारेको थियाे ।

नेपालको प्लेइङ ११ः पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, वसन्त रेग्मी, सोमपाल कामी, अभिनाश बोहरा, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, करण केसी, रोहितकुमार पौडेल ।

कमेन्ट गर्नुहोस्