भाजपा नेता स्वामीले गरे प्रधानमन्त्री ओलीसँग भेटवार्ता

काठमाडौं, साउन १२ । भारतीय जनता पार्टी (भाजपा) का प्रभावशाली नेता सुब्रमन्यम स्वामीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

विश्व हिन्दू महासंघ र विश्व हिन्दू परिषद्ले संयुक्त रुपमा काठमाडौंमा आयोजना गरेको २ दिने अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन उनी शनिबार नेपाल आएका हुन्।

स्वामीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका छन्। भारतीय संसदको माथिल्लो सदन राज्यसभाका नियुक्त सदस्य उनी चन्द्र शेखर सरकारको पालामा मन्त्री भएका थिए।

कमेन्ट गर्नुहोस्