वान डे सिरिजः बंगलादेशद्वारा श्रीलंकालाई २३९ रनको लक्ष्य

काठमाडौं, साउन १२ । श्रीलंका विरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेलमा बंगलादेशले २३९ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ रोजेको बंगलादेशले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३३८ रन बनायो ।

उसका लागि मुशफिकुर रहीमले शानदार प्रदर्शन गरे । उनले १ छक्का र ६ चौकाको मद्दतमा ११० बलमा नटआउट ९८ रन बनाए ।

याे पनि पढ्नुस  श्रीलंकालाई हराउँदै बंगलादेश फाइनलमा, उपाधिका लागि भारतसँग भिड्ने

यस्तै मेहदी हसन मिराजले ४३, कप्तान तमिम इकबालले १९, मोसाद्दिक होसैनले १३, सब्बीर रहमान, सौम्य सरकारले ११–११, मोहम्मद मिथुनले १२ रन बनाए ।

बलिङमा श्रीलंकाका अकिला धनन्जय, इशरु उडाना र नुवान प्रदीपले समान एक विकेट लिए । तीन खेलको सिरिजमा श्रीलंकाले १–० ले अग्रता लिएको छ ।

याे पनि पढ्नुस  श्रीलंकालाई हराउँदै बंगलादेश फाइनलमा, उपाधिका लागि भारतसँग भिड्ने

कमेन्ट गर्नुहोस्