ग्लोबल टि–२० लिगः सोमपाल र क्रिस गेलको टिम भिड्दै आज

काठमाडौं, साउन १२ । ग्लोबल टि–२० क्यानडा लिगअन्तर्गत नेपाली क्रिकेटर सोमपाल कामीआवद्ध विनिपेग हक्सलेले दोस्रो खेलमा आज भंकाकुर नाइट्सविरुद्ध खेल्दै छ । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार राति १०ः१५ बजेदेखि सुरु हुँदैछ । खेल भारतीय च्यानल स्टार नेटवर्क र अनलाइनमा हटस्टारमा देख्न सकिने छ ।

सोमपालको टिम पहिलो खेलमा मोट्रिइल टाइगर्ससँग २४ रनले पराजित भएको थियो । भंकाकुरमा क्रिस गेल र सोमपालको टिममा रायद इमरित कप्तान छन् ।

सन्दीप र सोमपालले २ वटा खेल गुमाए
सन्दीप र सोमपालले टि–२० क्यानडा लिगका सुरुवातका २ खेल गुमाएका छन् । उनीहरु आइसीसी टि–२० विश्वकप एसिया छनोटका लागि सिंगापुरमा रहेकाले सुरुवातका २ खेल गुमाका हुन् ।

कमेन्ट गर्नुहोस्