वान डे सिरिजः दोस्रो खेलमा पनि श्रीलंकाको फराकिलो जीत

काठमाडौं, साउन १३ । बंगलादेश विरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेलमा पनि श्रीलंकाले शानदार जीत हासिल गरेको छ । आइतबार राति भएको दोस्रो खेलमा श्रीलंकाले बंगलादेशलाई ७ विकेटले हरायो । बंगलादेशले दिएको २३९ रनको लक्ष्य श्रीलंकाले ४४.४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।

याे पनि पढ्नुस  श्रीलंका विरुद्धको टी–२० सिरिजका लागि भारतद्वारा टिम घोषणा

उसका लागि अभिश्का फर्नान्डोले ८२, एन्जेलो म्याथ्यूजले नटआउट ५२, कुसल पेरेराले ३०, कुल मेन्डिसले ४१ र कप्तान दिमुथ करुणारत्नले १५ रन बनाए । बलिङमा मुस्तफिजुर रहमानले २ र मेहदी हसन मिराजले एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको बंगलादेशले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३३८ रन बनायो । उसका लागि मुशफिकुर रहीमले शानदार प्रदर्शन गरे । उनले १ छक्का र ६ चौकाको मद्दतमा ११० बलमा नटआउट ९८ रन बनाए ।

याे पनि पढ्नुस  ओमानविरुद्ध कुशलले दिलाए नेपाललाई पहिलो सफलता

यस्तै मेहदी हसन मिराजले ४३, कप्तान तमिम इकबालले १९, मोसाद्दिक होसैनले १३, सब्बीर रहमान, सौम्य सरकारले ११–११, मोहम्मद मिथुनले १२ रन बनाए ।

बलिङमा श्रीलंकाका अकिला धनन्जय, इशरु उडाना र नुवान प्रदीपले समान एक विकेट लिए । यो जीतसँगै तीन खेलको सिरिजमा श्रीलंकाले २–० ले अग्रता लिएको छ ।

कमेन्ट गर्नुहोस्