मिन्नी माउसमा प्राण भर्ने रुसी टेलको निधन

काठमाडौं, चर्चित कार्टुन चरित्र मिकी माउस (मिन्नी माउस) मा स्वर भर्ने रुसी टेलको निधन भएको छ ।

टेलरको क्यालिफोर्नियाको ग्लेनडेलमा निधन भएको हो ।
द वाल्डट डिजनी कम्पनीका अध्यक्ष तथा मुख्य कार्यकारी अधिकारी डिजनी बब इगरले बयान जारी गर्दै उनको निधन भएको जनताएका हुन ।

“टेलरको निधनसँगै मिनी माउसले भने आफ्नो आवाज हराएको छ ।” उनले भनेका छन् ।

३० वर्षदेखि मिन्नी र टेलरले संसारका लाखौं मानिसका लागि सँगै काम गरेको इगरले उल्लेख गरेका छन् । टेलरले मिन्नीलाई एउटा ग्लोबल पहिचान दिन सफल भएको उनको भनाई छ ।

टेलरले बिभिन्न प्रोजेक्टसमा मिकि माउसमा आवाज भरेकी थिइन । यसमा टीबी, थीम पार्क अनुभव, एनिमेटेड शर्टस र थिएटरका पाँच चलचित्र समेत रहेका छन् । मिकीमा आवाज भर्नु अघि उनी डिजनीको खासै प्रशसंक थिइन । उनले दिवंगत अभिनेता वाल्टनसँग बिवाह गरेकी थिइन ।

कमेन्ट गर्नुहोस्