बढ्यो सुनको मूल्य !

काठमाडौं, साउन १३ । साताको दोस्रो दिन सोमबार बजारमा सुनको भाऊ दुई सय रुपैयाँले बढेको छ ।

आइतबार प्रतितोला सुनको मूल्य ६५ हजार रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि बढेर प्रतितोला सुनको मूल्य ६५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यस्तै, आइतबार तेजावी सुनको मूल्य ६४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर प्रतितोला सुनको मूल्य ६४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, सोमबार बजारमा चाँदीको मूल्यमा कुनै परिवर्तन भएको छैन ।

आइतबार चाँदी प्रतितोला ७ सय ७५ रुपैयाँमा कारोबार भइरहेको थियो भने आजपनि चाँदी प्रतितोला ७ सय ७५ रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

कमेन्ट गर्नुहोस्