ट्वीटरमार्फत आफ्ना मनोभावना व्यक्त गर्ने अचम्मको रुख

काठमाडौँ, साउन १३ । बोटविरुवाहरूले मानिसले जस्तै घाम, जाडो, झरी या हुरीका बारेमा एक अर्कासँग कुरा गर्दैनन् । उनीहरूमा जीवन ता हुन्छ तर जीवहरूले देखाउने प्रतिक्रियाहरूका मामिलामा भने उनीहरूका आफ्नै सीमाहरू रहेका छन् । तर यसको अर्थ उनीहरूले आफ्नो वातावरणलाई अनुभूत नै गर्न सक्दैनन् भन्ने पनि होइन । वैज्ञानिकहरूले मानिसले जस्तै गुनासो गर्न नसकेपनि बोटबिरुवाले पनि आफ्नो वातावरणलाई महसुस गर्न सक्ने बताउँछन् ।
उनीहरूलाई पनि जाडो या गर्मी हुने र सास फेर्न अप्ठ्यारो हुने बताउँछन् वैज्ञानिकहरू ।

अमेरिकाको म्यासाचुसेट्स राज्यको पिटरसमको हार्वर्ड जंगलमा भने आफ्नो बारेमा बताउने रुख रहेको छ । यस रुखले मौसमको जानकारी र त्यसबारे आफ्नो प्रतिक्रियाबारे जानकारी दिने गरेको छ त्यो पनि ट्विट गरेर ।
सुन्दा अचम्म लाग्ने यो रुख ‘रातो ओक’ प्रजातिको हो र यसले विशेष प्रकारका सेन्सरहरूको मध्यमबाट हावाको तापक्रम र मौसमबारे ट्वीट गर्दै जानकारी दिने गरेको छ । त्यति मात्र होइन यस रुखको आफ्नै ट्वीटर अकाउन्ट समेत रहेको छ जसको ट्वीटर ह्यान्डल @awitnesstree रहेको छ ।
यस रुखले २२ जुलाईका दिन गरेको ट्वीटमा भनिएको छ, “हिजो निकै गर्मी थियो । हिजोको तापक्रम २७ डिग्री सेन्टिग्रेड थियो । मेरो विचारमा यो वर्षकै २४ सुन सबैभन्दा बढी तापक्रम भएको दिन थियो ।”


यस रुखले १७ जुलाई २०१९ देखि ट्वीट गर्न थालेको हो । यस रुखले आफूलाई इन्टरनेटमा सबैभन्दा पुरानो जीवित जीवहरु मध्ये एक बताउने गरेको छ ।
हार्वर्ड विश्वविद्यालय र उत्तरी एरिजोना विश्वविद्यालयमा अध्यनरत ‘पोस्ट डक्टोरल’ शोधार्थी टिम रेडीमाकका अनुसार यो रुख जंगलका अरु रुखहरूको तुलनामा भिन्न रहेको छ । थुप्रै रुखहरूमा गरिएको प्रयोगपछि यस रुखलाई नै ट्वीट गर्न लगाउनका लागि छानिएको हो । पत्रकार लिंडा म्याप्सले यस रुखको विषयमा ‘द विटनेस ट्री: सीजन्स ऑफ चेंज विद अ सेंचुरी-ओल्ड ओक’ भन्ने पुस्तक नै लेखेकी छिन् ।


यस रूखमा अलग अलग कामका लागि अलग अलग स्वचालित ‘सेन्सर’ लगाइएक छन् । यी सेन्सरहरूले हप्तामा छ पटक सूचना दिने गर्दछन् । यस रुखमा जडित एउटा सेन्सरले अन्य रुख, जङ्गल र पानीको बारेमा समेत जानकारी दिने गरेको छ । यस सेन्सरबाट खँडेरी जस्तो अवस्थामा रुख कसरी बाँच्न सक्छ भन्ने जानकारी समेत दिने गरेको छ । यसमा जडित सेन्सरलाई डेन्ड्रोमेटर्स भनिएको छ जसले रुखका हाँगा र फेदमा मौसम लगायत अन्य दैनिक उतारचढावबारे जानकारी दिने गर्दछन् ।


यसका अतिरिक्त यस रुखमा एउटा क्यामेरा पनि रहेको छ जसलाई ‘फेनोक्याम’ भन्ने नाम दिइएको छ । यस क्यामेराको सहायताले यस रुहले पत्येक ३० मिनेटमा एउटा तस्बिर लिने गर्दछ । त्यति मात्र होइन यस रुखले ट्वीटरमा ती तस्बिरहरूको प्रयोग गर्ने समेत गरेको छ । यस क्यामेराले माटोको तापक्रम, आर्द्रता र हावाको गतिबारे समेत जानकारी दिने गर्दछ ।
यस रुखलाई एउटा परियोजना अन्तर्गत यसो गर्न सक्षम बनाइएको हो । यस परियोजनाको लक्ष मानिसहरू बाहेक अन्य जीवहरूको बारेमा अध्ययन गर्नु र उनीहरूले मौसम र अन्य वातावरणीय तत्वप्रति कस्तो प्रतिक्रिया जनाउँछन् भन्ने अध्ययन गर्नु हो । यस परियोजनामा भविष्यमा पशुहरूलाई समेत सामेल गराइने बताइएको छ ।

कमेन्ट गर्नुहोस्