कैलालीमा चिर्पटले हानेर छोराले गरे बुवाको हत्या

कैलाली, साउन १३ । गोदावरी नगरपालिका–५ मा छोराले बुवाको हत्या गरेका छन् । बर्बाटाका ३० वर्षीय रामसिंह कुमालले चिर्पटले हानेर ६० वर्षीय बुवा अम्बर कुमालको हत्या गरेका हुन् ।

आइतबार राति घरायसी विवादका क्रममा छोराले चिर्पट प्रहार गर्दा उनको ज्यान गएको प्रहरीले जनाएको छ । चिर्पट प्रहारबाट गम्भीर घाइते भएका अम्बरलाई उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी ल्याइएको थियो । उनको उपचारका क्रममा नै ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार बुवाको हत्यापछि भागेका कुमाललाई इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्