श्रीलंका विरुद्धको ‘सिरिज’ का लागि न्यूजिल्याण्डद्वारा टिम घोषणा, को–कोले पाए मौका?

काठमाडौं, साउन १३ । श्रीलंका विरुद्धको २ खेलको टेस्ट सिरिजका लागि न्यूजिल्याण्डले टिम घोषणा गरिएको छ । न्यूजिल्याण्डले सोमबार आइसीसी विश्वकप टेस्ट च्याम्पियनसिप अघि श्रीलंकासँगको टेस्ट सिरिजका लागि टिम घोषणा गरेको हो ।

केन विलियम्सनको कप्तानीमा घोषणा गरिएको टिमले १४ अक्टोबरदेखि श्रीलंकामा सिरिज खेल्न लागेको हो । यस्तै न्यूजिल्याण्डले श्रीलंका भ्रमणका क्रममा तीन खेलको टि–२० सिरिज पनि खेल्ने छ ।

न्यूजिल्याण्डको टिमः केन विलियम्सन (कप्तान), टम लाथम, जीत रावल, रस टेलर, हेनरी निकोलस, बीजे वाट्लिंग, टम ब्लुन्डेल, कोलिन डीग्राण्डहोम, मिचेल सान्टनर, टड एस्ले, टिम साउदी, विल समरविले, नेल वेग्नर, एजाज पटेल र ट्रेन्ट बोल्ट ।

कमेन्ट गर्नुहोस्