कञ्चनपुरमा किशोरी मृत फेला, हत्याको आशंका

महेन्द्रनगर, साउन १३ । कञ्चनपुरको लालझाँडी गाउँपालिका–३ मा एक किशोर मृत फेला परेकी छिन्। लालझाँडी डुङ्गाका स्थानीय गोपाल चौधरीकी १५ बर्षिय छोरी पुनम चौधरी मृत फेला परेकी हुन्। इलाका प्रहरी कार्यालय बेलौरीका अनुसार रामनगर सामुदायिक वनमा झुण्डिएको अवस्थामा उनी मृत फेला परेकी हुन्।

याे पनि पढ्नुस  भारतीय पक्षको अवरोधका कारण विकास निर्माणको काम ठप्प

झुण्डिएको अवस्थामा शव फेला परेपनि युवतीले जमिनमा खुट्टा टेकाएकी छिन्। घटना बारे थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी सहायक निरिक्षक राम सिहं बोहराले बताए। स्थानीयले हत्याको आशंका समेत गरेका छन्।

कमेन्ट गर्नुहोस्