विप्लव समूहबाट एलएमजीसहित २ दर्जन हतियार बरामद, सबैभन्दा धेरै सेमी अटाेमेटिक पेस्ताेल

नेपाल प्रहरीले विप्लव समूहबाट स्वचालित एलएमजीसहित दुई दर्जन हतियार बरमद गरेकाे छ ।

प्रहरिले कतिपय स्थानमा लुकाई राखेका र कार्यकर्ताबाट हतियार बरामद गरेकाे हाे ।
देशका विभिन्न स्थानमा प्रहरीले गरेको अपरेशनका क्रममा हतियार बरामद भएको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जनाकारी दिए । प्रहरीले हतियार बरामद गर्नुलाई उच्च सफलताका रुपमा लिएको छ ।

कस्ता–कस्ता हतियार ?
विप्लव समूहबाट देशभरबाट २४ थान हतियार बरामद भएको प्रहरीको वार्षिक प्रतिवेदनमा उल्लेख छ । त्यसरी बरामद गरिएका हतियारमा स्वचालित हतियार पनि छन् ।

स्वचालित हतियार समेत बरामद भएपछि सुरक्षा निकायहरु भने सशंकित बनेका छन् । उनीहरुसँग अरु पनि हतियार हुनसक्ने आशंकामा देशका धेरै शंकास्पद स्थानहरुमा प्रहरीले छापा समेत मारिसकेको छ ।

बरामद भएका सबैभन्दा बढी सेमी अटोमेटिक पेस्तोल सबैभन्दा बढी छन् । प्रहरीले सेमी अटोमेटिक पेस्तोल १० थान बरामद गरेको छ ।

त्यसैगरी, एक थान एलएमजी, एम१६ राइफल एक थान, ७।६२ एसएलआर राइफल एकथान, ३०३ राइफल तीन थान बरामद गरेको छ । त्यसैगरी ९एमएम एसएमजी दुई थान, एक थान रिकभर पेस्तोल, कटुवा पेस्तोल तीन थान र भरुवा बन्दुक दुई थान बरामद भएको प्रहरी प्रतिवेदनमा छ ।

विप्लवसित कति छ हतियार?
प्रहरीले २४ थान हतियार विप्लव समूहबाट बरामद गरेपनि उनीसित कति हतियार छ भन्ने यकिन प्रहरीको छैन । विप्लव समूहबाट स्वचालित हतियार समेत बरामद भएपछि उनीसित अन्य स्वचालित हतियारसमेत भएको अनुमान प्रहरीको छ ।

हतियार बरामदले विप्लव समूहलाई केही क्षति पुगेपनि विप्लव समूहलाई कम आँक्न सक्ने स्थिति भने रहेन । उनीसित स्वचालित हतियार नै रहेको पुष्टि गर्ने आधार बरामद हतियारबाट भएको छ । त्यसैले पनि विप्लव समूहसँग अन्य स्वचालित हतियार समेत प्रहरी निष्कर्ष छ ।

त्यसो त कतिपय पूर्वमाओवादी लडाकुहरुले विप्लव समूहले माओवादीले विगतमा प्रयोग गरेका हतियार समेत लुकाएर राखेका छन् । देशमा विद्रोह घोषणा गरेका विप्लवले विगतमा लुकाएका हतियार नै प्रयोग गर्नसक्ने अनुमान पूर्वमाओवादी कमाण्डरहरुको अनुमान छ ।

-साैराहा अनलाईनबाट

कमेन्ट गर्नुहोस्