गृह मन्त्रालयको वार्षिक कार्यक्रम सफलः मन्त्री थापा

काठमाडौं, साउन १३ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले आर्थिक वर्ष २०७५÷०७६ मा गृहमन्त्रालयले बनाएको कार्यक्रम तथा योजना सफल रहेको बताएका छन् । आज मन्त्रालयमा आ.व.२०७५÷०७६ को वार्षिक समिक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा गृहमन्त्री थापाले भने, ‘गत आर्थिक वर्षमा गृहले लिएको जिम्मेवारी कार्यान्वयनमा मुलभुत रुपमा सफल भएका छौं, अहिले देखिएका कमिकमजोरीलाई सुधार गर्दै आगामी वर्ष थप सफलता प्राप्त गर्नेगरी योजना बनाउन आवश्यक छ ।’

याे पनि पढ्नुस  सुर्खेतमा गाईगोरु मरेको घटनाको छानबिन गर्न समिति गठन

सरकारले लिएको दिगो विकासको लक्ष्य, १५औं आवधिक योजना र २५ वर्षे विकास रणनीति अनुरुपका कामकारवाही र योजना बनाउन उहाँले गृह मन्त्रालय अन्तर्गतका निकायहरुलाई निर्देशन दिए । गृहमन्त्री थापाले समृिद्धको लक्ष्य प्राप्तिका लागि शान्ति, सुरक्षाको प्रत्याभुति अनिवार्य शर्त रहेको भन्दै सोहि अनुरुप सुरक्षामा आवश्यक बजेट विनियोजन हुनुपर्ने टिप्पणी गरे ।

याे पनि पढ्नुस  सुर्खेतमा गाईगोरु मरेको घटनाको छानबिन गर्न समिति गठन

कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले विगतका वर्षहरुकोे तुलनमा गत आ.व.२०७५÷०७६मा गृहका कामकारवाही प्रभावकारी देखिएपनि अझै असार मसान्तमा काम सक्ने परिपाटीको अन्त्य नभएको बताए । उनले भने,‘ जेठ १५मा बजेट आउँदापनि असारमसान्तमा मात्रै काम सक्ने अवस्थाको निरन्तरता अझै देखियो । अब गृह अन्तर्गतका निकायले कार्ययोजना बनाउँदा पहिलो चौमासिकभित्र बोलपत्र आह्वान र छनौट गरिसक्ने, दोस्रो चौमासिकमा काम सुरु गरीसक्ने गरी योजना बनाउनुहोला ।’

याे पनि पढ्नुस  सुर्खेतमा गाईगोरु मरेको घटनाको छानबिन गर्न समिति गठन

कार्यक्रममा राष्ट्रिय योजना आयोगका कार्यक्रम निर्देशक शिवरञ्जन पौडेलले गत आवमा गृह मन्त्रालयले लिएको लक्ष्य, कार्यक्रममा उत्साहजन प्रगति देखिएको भन्दै खुशी व्यक्त गरे । बैठकमा गृह मन्त्रालय अन्तर्गतको नीति, योजना तथा कार्यक्रम महाशाखा, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, अध्यागमन विभाग, कारागार विभाग लगायतका निकायहरुले आफ्नो वार्षिक कार्यप्रगति विवरण पेश गरेका थिए ।

कमेन्ट गर्नुहोस्