कर्मचारीले हरेक दिनको विवरण बुझाउनुपर्ने नियम लागू

बाँके, साउन १३ ।  उपमहानगरपालिका कार्यालयको दैनिक कामकाजलाई प्रभावकारी र विश्वसनिय बनाउन नेपालगन्ज उपमहानगरपालिकामा कार्यरत कर्मचारीले दैनिक कार्य प्रगति प्रतिवेदन बुझाउनु पर्ने भएको छ। नागरिक सहायता कक्ष, उपमहानगरको कार्यालयमा प्राथमिक स्वास्थ्य सेवा संचालन गरेको उपमहानगरले सेवालाई प्रभावकारी र विश्वसनिय बनाउन कर्मचारीलाई दैनिक प्रगति प्रतिवेदन तयार गरेर बुझाउनु पर्ने नियम लागू गरेको छ।

याे पनि पढ्नुस  एक हजार घुस लिएको आरोप लागेका कर्मचारीद्वारा आत्महत्या

कर्मचारीले आफ्नो दैनिक कामको प्रतिवेदन प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेललाई बुझाउनु पर्ने भएको छ। कार्यालयबाट हुने काम छिटो छरितो र सेवाग्राहीमैत्री बनाउन कर्मचारीसँग कार्यसम्पादन सम्झौता गरिने प्याकुरेलले जानकारी दिए।

‘प्रमुख प्रशासकीय अधिकृतले नगर प्रमुख डा. धवलशमशेर राणासँग कार्य सम्पादन सम्झौता गर्ने र शाखा प्रमुखले प्रमुख प्रशासकीय अधिकृतसँग तथा अन्य कर्मचारीले शाखा प्रमुखसँग कार्य सम्पादन सम्झौता गर्ने निर्णय भएको छ’, प्याकुरेलले भने। उपमहानगरपालिकामा विद्युतीय हाजिरीसँगै कर्मचारीका लागि लगबुक समेत राखिएको छ। कर्मचारीले विदामा बस्दा अनिवार्य स्वीकृतिसँगै आफ्नाे अनुपस्थितिमा आफ्नो जिम्मेवारीमा रहेको काम गर्ने अर्को कर्मचारी ब्यवस्था गर्नुपर्ने ब्यवस्था गरिएको उनले बताए।

याे पनि पढ्नुस  ट्रेड युनियनः नेपाली दलले कर्मचारी राजनीतिलाई काँध थाप्नुका कारण

गुनासो आएको ५ मिनेटभित्रै सम्बोधन हुने गरि गुनासो सुन्ने तयारी गरिएको प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलले बताए। उनले नगरबासीको स्वास्थ्यमा ध्यान दिँदै कार्यालयमा स्टाफ नर्स सहित निशुल्क स्वास्थ्य जाँच गर्ने ब्यवस्था मिलाइएको बताए। ‘उपमहानगरको प्रशासनिक सुधारका लागि विभिन्न थरिका नियम बनाएर लागू गर्ने क्रम जारी छ,’ उनले भने।

कमेन्ट गर्नुहोस्