‘संसद् पनि सडकजस्तै रहेछ’

काठमाडौं, साउन १४ । विद्यार्थीले संसद्को कामकारबाहीबारे पाठ्यपुस्तकमा पढ्छन्। तिनै विद्यार्थी सोमबार संघीय संसदमै आइपुग्दा उत्साहित थिए। सोमबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाइएको थियो। उनीहरू त्यसअगावै दर्शकदीर्घामा बसिसकेका थिए। उनीहरूका हातमा नोटबुक थियो।

सदन सुरु भयो। राष्ट्रिय गान बज्यो। सभामुख, मन्त्री र सांसद उठे। दर्शकदीर्घामा रहेका विद्यार्थी पनि उठे। राष्ट्रिय गान सकिएलगत्तै सभामुख कृष्णबहादुर महराले बैठकको कारबाही अगाडि बढाउन खोजे। त्यही बेला प्रमुख प्रतिपक्षी कांग्रेस र राजपा सांसद जर्यार्कजुरुक्क उठेर बेल घेराउ गर्न पुगे। उनीहरू ‘संंसदीय सर्वोच्चता कायम गर्, संसदीय समिति गठन गर्’ भन्ने नारा लगाउन थाले। यो दृश्य देखेर विद्यार्थीहरू मुखामुख गर्न थाले। कतिपय अलमलमा परे। कतिपय हतास देखिन्थे। कोही अब के हुने हो भन्दै आत्तिए।

सभामुख महराले पटक–पटक विपक्षी सांसदलाई बस्न आग्रह गरे। तर, प्रतिपक्षी दलको विरोध जारी रह्यो। करिब ४० मिनेट नाराबाजी चल्यो। अन्ततः सभामुखले बैठक स्थगन गरे। कानुन बनाउने संसद्को गतिविधि देखेर विद्यार्थी निराश बने। केहीले संसद् भवनलाई पनि सडकको संज्ञा दिए।

याे पनि पढ्नुस  गण्डकी मेडिकल कलेजमा फेरि विद्यार्थीको ताला, सञ्चालकद्धार विद्यार्थीलाई धम्की

नवयुग मावि, नाइटिंगललगायत चार विद्यालयका विद्यार्थी थिए। अरू विद्यार्थी फर्किए पनि नवयुगका भने संसद् बैठक अवरुद्ध हुनुको कारण बुझ्न केही समय त्यहीं अडिए। सत्तारुढ दल नेकपाका उपनेता सुवास नेम्बाङ बैठकबाट बाहिरिए। उनीहरूले नेम्बाङसँग प्रतिनिधिसभा गठन प्रक्रियादेखि यसले गर्ने कामबारे जिज्ञासा राखे।

‘प्रतिनिधिसभा गठन कसरी हुन्छ ? ’, कक्षा १० की छात्रा रोमा चौधरीले सोधिन्। कक्षा ९ का छात्र खेमराज रायमाझीले ‘संसद् बैठक किन अवरुद्ध भयो’ भनी प्रश्न गरे। उनीहरूले एकपछि अर्को गरी आधा दर्जन प्रश्न नेम्बाङसामु तेस्र्याए।

‘प्रतिपक्षीप्रति सम्मान व्यक्त गर्दै त्यो जोसुकैले गरेको होस्, हिजो हामी प्रतिपक्षीमा हुँदा हामीले गरेको होस्, अथवा आज प्रतिपक्षीले गरेको होस्, जनताको बोली थुन्ने काम भएको छ। यो बेठीक भएको छ’, छेउमै रहेका प्रदीप गिरिलाई देखाउँदै उनले संसद्मा भएको नाराबाजीबारे भने, ‘गिरिजीहरूले गरेको काम पनि गलत हो। त्यस्तो कुरा नहोस्। हामी सबैले बुझ्नुपर्छ।’

विद्यार्थीले कांग्रेस सांसद गिरिसँग पनि प्रश्न सोधे। उनले छोटो जवाफ दिए, ‘सदन अवरुद्ध हुनुहुँदैन भन्नेमा म पनि हो।’ विद्यालयमा सरले ‘संसद् कानुन बनाउने थलो हो र जनताका प्रतिनिधिले सार्वजनिक चासोका विषयमा सदनमा कुरा उठाउँछन्’ भनेर पढाएका थिए तर संसदको दृश्य भने अर्कै थियो।

याे पनि पढ्नुस  शनिबारदेखि हुने एमबिबिएस प्रवेश परीक्षामा विद्यार्थीले अवरोध नगर्ने

केही समयपछि कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाण आए। उनलाई विद्यार्थीको मुख्य प्रश्न ‘संसद्मा किन नाराबाजी गर्नुभयो’ भन्ने थियो। ‘सरकारले विधिको शासन उल्लंघन गरेको र संसद्प्रति जिम्मेवार नभएका कारण दबाब दिन हामी संसद् अवरुद्ध गर्न बाध्य भएका हौं’, उनले भने। उनको जवाफमा विद्यार्थीले चित्त बुझाएनन्। फेरि सोधे, ‘संसद् अवरुद्ध गर्नुभन्दा छलफल गरेको भए हुन्थ्यो कि रु ’ खाणले जवाफमा भने, ‘सरकार मानवअधिकार, लोकतन्त्र र विधिको शासनविपरीत चलेका कारण हामीले संसद् अवरुद्ध गरेका हौं। सरकारले हाम्रो कुरा सुनिरहेको छैन। तपाईंहरू पहिलो दिन आएकाले यस्तो देख्नुभएको हो। २० औं दिन हामीले अवरुद्ध गर्दै आएका छौं।’

सामाजिक विषयका शिक्षक सुरज साउदले आइतबार संसद् भवन आउन कक्षा ९ र १० का २१ विद्यार्थी छनोट गरेका थिए। उनीहरू उत्साहित थिए। संसद् बैठक अवरुद्ध भएकाले उनीहरू निराश बनेको शिक्षक साउदले अन्नपूर्णसँग बताए। ‘विद्याथीहरू बिहानदेखि उत्साहित थिए। मैले सबै जनालाई संसद् बैठकमा भएका गतिविधि टिपोट गरी ल्याउन भनेको थिएँ’, उनले भने, ‘बैठकै चलेन। सदन राम्रोसँग चलेपछि फेरि ल्याउँछु भनेको छु।’

याे पनि पढ्नुस  खनियाँको विवादस्पद निर्णय फिर्ता, विदेशी विद्यार्थीलाई प्रवेश परीक्षा अनिवार्य

विद्यार्थी देवराज रायमाझीले सांसदहरूको नाराबाजीले आफूहरू दुखित भएको प्रतिक्रिया दिए। ‘सरले हामीलाई व्यवस्थापिका–संसद्ले कानुन बनाउँछ। त्यहाँ हाम्रा जनप्रतिनिधि हुन्छन्। जनताका विषयमा बोल्छन् भन्नुभएको थियो’, उनले भने, ‘यहाँ त छलफल होइन, नाराबाजी मात्र देखियो।’

उनीहरू गफिँदै थिए– संसद् भवनमा सडकमै जस्तो नाराजुलुस हुँदोरहेछ। यसरी मुलुकको कानुन राम्रो बन्छ त रु केही विद्यार्थीको धारणा फरक थियो– संसद्मा छलफलै नहुने अवस्था आएकाले अवरोध भएको पनि हुन सक्छ। यसलाई दुवै पाटोबाट हेर्नुपर्छ। अधिकांश भने ‘किन यस्तो हुन्छ’ भन्दै घोत्लिँदै थिए। यो समाचार आजको अन्नपूर्ण पोष्ट् दैनिकबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्