Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

रोल्पामा विषालु च्याउ खाँदा बिरामी परेका तीनजनाकै मृत्यु

रोल्पा, साउन १४ । विषालु च्याउ खाँदा बिरामी भएका रोल्पामा एकै घरका तीनजनाको मृत्यु भएको छ। लुंग्री गाउँपालिका-६ पाटेगुम्चालका उनीहरुको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक दिपक खड्काले जानकारी दिए।

गुम्चालकी २५ वर्षीया पुरमला बुढाथोकी र उनकी ७ वर्षीया छोरी सुनिता र ४ वर्षीया छोरा पुष्करको मृत्य भएको हो। छिमेकी भिमसर पुनका अनुसार पुरमलाको भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा सोमबार बिहान निधन भएको हो।

छोरी सुनिताको साउन १२ गते दिउँसो ४ बजे मेडिकल कलेजमै मृत्यु भएको थियो। छोरा पुष्करको साउन ११ गते लुम्बिनि अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

आफन्त नने पुनका अनुसार साउन ८ गते बेलुका विषालु च्याउ खाएर उनीहरु बिरामी भएका थिए। गोठमा बस्दै आएका उनीहरुले जंगलबाट च्याउ ल्याएर खाएका थिए। बिरामी भएको थाहा पाएर आफन्तले स्थानीय मेडिकलमा लगेका थिए।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: