३६ हजारमै जापान जान पाइने !

काठमाडौं, साउन १४ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजबाट ३६ हजार रुपैयाँमै जापान यात्रा तय गर्न सकिने भएको छ।

आगामी भदौ १२ देखि जापानको ओसाका सिधा उडान गर्ने तयारी गरेको निगमले ओसाका रुटका लागि एकतर्फी भाडा करसहित ३६ हजार ९९९ रुपैयाँ निर्धारण गरेको हो। दसैंअघि पुनः अर्को भाडादर निर्धारण गरिने जनाइएको छ। यो समाचार नागरिक दैनिकबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्