पाकिस्तानकाे मानव बस्तीमा सेनाकाे विमान खस्याे, १९ काे मृत्यु

इस्लामाबाद, पाकिस्तानमा सेनाकाे एक विमान मानव बस्ती भएकाे क्षेत्रमा खस्दा १९ जनाकाे  काे मृत्यु भएकाे छ ।

रावलपिण्डिकाे मानव बस्ती भएकाे क्षेत्रमा खसेकाे विमान दुर्घटनामा ५ क्रु सदस्यसहित १९ जना निधन भएका हुन ।

बस्ती माथि विमान ठाेक्किएका कारण अझै बढी जनधनकाे क्षति हुनसक्ने अधिकारिहरुले बताएका छन् ।

सेनाका अनुसार, दुईजना विमानचालककाे मृत्यु भएकाे छ ।

मंगलबार बिहानै दुर्घटना भएकाे हाे ।

कमेन्ट गर्नुहोस्