यस्तो छ सुनको भाऊ !

काठमाडौं, साउन १४ । साताको तेस्रो दिन मंगलबार बजारमा सुनचाँदीको भाऊमा कुनै परिवर्तन भएको छैन ।

सोमबार प्रतितोला सुनको मूल्य ६५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि प्रतितोला सुनको मूल्य ६५ हजार २ सय रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यस्तै, सोमबार तेजावी सुनको मूल्य ६४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि प्रतितोला सुनको मूल्य ६४ हजार ९ सय रुपैयाँमै कारोबार भइरहेको छ ।

त्यसैगरी, सोमबार चाँदी प्रतितोला ७ सय ७५ रुपैयाँमा कारोबार भइरहेको थियो भने आजपनि चाँदी प्रतितोला ७ सय ७५ रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

कमेन्ट गर्नुहोस्