जनतासँग हात मिलाएको ग्लोबल आईएमईको आकर्षक प्रगति

काठमाडौं, साउन १४ । जनता बैंकसँग मर्जर सम्झौता गरेको ग्लोबल आईएमई बैंकले आफुलाई बलियो वाणिज्य बैंकको रुपमा उभ्याएर गत आवको चौथो त्रैमाससम्ममा राम्रो प्रगति गरेको विवरण सार्वजनिक गरेको छ ।

ग्लोबल आईएमईका प्रायः सूचकहरुमा आकर्षक प्रगति भएको देखिएको छ । ग्लोबलले निक्षेप र कर्जा बिस्तार गर्नुका साथै पूँजी कोष अनुपात समेत सुधारेको अबस्थामा उसको प्रगति आगामी दिनमा अझै राम्रो हुनसक्ने संभावना देखिएको छ । निष्क्रिय कर्जा अनुपातमा गिरावट आउनु, स्प्रेड दर र आधार ब्याज दर तल झर्नुका अतिरिक्त पूँजी वृद्धि हुँदा प्रतिशेयर आम्दानीमा समेत राम्रो बढोत्तरीले कम्पनीको राम्रो पक्ष झल्काउँछ ।

हेर्नुहोस् बित्तीय विवरणमाथिको विश्लेषण


खुद नाफा ३३ प्रतिशतले बढ्दा बन्यो २३ प्रतिशत लाभांश बाँड्नसक्ने क्षमता

ग्लोबल आइएमई बैंकको खुद नाफामा ३३ प्रतिशतले सुधार आउँदा बैंकले शेयरधनीलाई २३ प्रतिशत प्रतिशत लाभांश बाँड्नसक्ने क्षमता कायम गरेको छ । मंगलबार सार्वजनिक वित्तीय विवरण अनुसार बैंकले आफ्नो खुद नाफामा ३३‍.०२ प्रतिशत वृद्धि गरी दुई अर्ब ७९ करोड ५२ लाख खुद नाफा आर्जन गरेको छ । नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्याण्डर्ड (एनएफआरएस) रिर्पोट अनुसार दश अर्ब ३१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले शेयरधनीलाई २३ प्रतिशत लाभांश वितरण गर्नसक्ने देखिन्छ । बैंकको वितरणयोग्य नाफा दुई अर्ब ४२ करोड ९८ लाख रहेको छ ।

याे पनि पढ्नुस  ग्लोबल आइएमई बैंकमा ९.९९ % मै घर कर्जा

राष्ट्र बैंकको व्यवस्था अनुरुप रेगुलेटरी एड्जस्टमेन्ट पश्चात कायम हुने वितरण योग्य नाफा (फ्रि प्रोफिट) केन्द्रीय बैंकले तोकेको प्रावधान अनुसार तोकिएको शीर्षकहरुमा व्यवस्था गरेपश्चात बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ । गत आवको नाफाबाट १६ प्रतिशत बोनस र एक अर्ब ऋणपत्र बिक्री गरेको यस बैंकको पूँजीकोष अनुपातमा केही सुधार भई १२.३१ प्रतिशत कायम छ । अघिल्लो आवको असारमा बैंकको पूँजीकोष ११।४७ प्रतिशतमा झरेको थियो।

याे पनि पढ्नुस  ग्लोबल र जनता बैंकबाट सुरु भयो ‘बिग मर्जर’, आजदेखि एकीकृत कारोबार

नियामकिय व्यवस्थामा सकियो ३६ करोड

बैंकले मंगलबार प्रकाशित गरेको एनएफआरएस रिर्पोटअनुसार बैंकले केन्द्रीय बैंकले तोकेको साधारण जगेडा, क्यापिटल रिडम्सन रिजर्ब, मुद्रा सटही, संस्थागत सामाजिक उत्तरदायित्व, कर्मचारी तालिम र लगानी व्यवस्थापन रिजर्बमा ३६ करोड ५४ लाख खर्च गरेको हो ।

निक्षेप संकलन र कर्जा विस्तार एक खर्बमाथि

समीक्षा अवधिमा बैंकको निक्षेप संकलन भन्दा कर्जा विस्तारको प्रतिशत उच्च रहेको छ । गत आर्थिक वर्षको १२ महिना अवधिमा बैंकले कर्जा लगानी २२।६२ प्रतिशतले बढाउँदा निक्षेप संकलन १४.५३ प्रतिशतले मात्र बढाएको छ । निक्षेप संकलन ८८ अर्ब ८७ करोड ८० लाखबाट एक खर्ब ८ अर्ब ९८ करोड ५५ लाखमा बढाउँदा कर्जा परिचालन एक खर्ब ४ अर्ब ८५ करोड ५ लाखबाट एक खर्ब २० अर्ब ८ करोड ८४लाखमा बढोत्तरी गरेको हो । बैंकको कर्जा निक्षेप अनुपात ७८.६९ प्रतिशत छ ।

यस अवधिमा ग्लोबल आइएमई बैंकले आफ्नो खुद ब्याज आम्दानी एक अर्ब २९ करोड १५ लाख अर्थात ३३।३२ प्रतिशतले बढाएको छ । बैंकले ५ अर्ब १६ करोड ८४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

याे पनि पढ्नुस  ग्लोबल आइएमई बैंकमा ९.९९ % मै घर कर्जा

निष्कृय कर्जा अनुपात घट्यो, प्रतिशेयर आम्दानीमा सुधार

समीक्षा अवधिमा बैंकले आफ्नो खराब कर्जा अनुपात घटाउँदै लगेको छ । गत आवको तीन महिना अवधिमा बैंकमा ०.७७ प्रतिशत खराब कर्जा अनुपात रहेकोमा यस वर्षमा घटेर ०.५५ प्रतिशतमा झरेको छ।

यस्तै नाफा बढाएपछि बैंकको प्रतिशेयर आम्दानी २३ रुपैयाँ ६४ पैसाबाट २७ रुपैयाँ ११ पैसामा बढोत्तरी भएको छ बैंकको प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ ६२ पैसा र मूल्य आम्दानी अनुपात १०.८८ गुणा छ। गत आर्थिक वर्षमा बैंकको आधार ब्याजदर घटेर ९.५४ प्रतिशत कायम भएको छ भने निक्षेप संकलन लागत भने बढेर ७।१८ प्रतिशत पुगेको छ । मेरोलगानीबाट

कमेन्ट गर्नुहोस्