८९ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौं, साउन १४ । भारततर्फ लैजाँदै गरेको ८९ किलो गाँजासहित चार जना पक्राउ पक्राउ परेका छन् ।

प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. २५ ड्राइपोर्ट बहुअरीस्थित सडकमा चेकजाँचको क्रममा ठूलो परिमाणमा गाँजा बरामद गरेको हो ।

बिहानै ६ः१० बजेको समयमा भारतीय नम्बर प्लेटको बीआर२८जी २७७० नम्बरको बोलेरो जाँच गर्दा लुकाइराखेको अवस्थामा गाँजा फेला परेको थियो । प्रहरीका अनुसार गाडीको तल फल्स बटम बनाई गाँजा भारततर्फ लैजाँदै गर्दा चार जना भारतीय पनि पक्राउ परेका छन्।

याे पनि पढ्नुस  विश्वका अपराधीको अखडा बन्दै काठमाडौं, एक वर्षमा ६ सय विदेशी निष्कासित

पक्राउ पर्नेमा भारत बिहार मोतिहारीका नुर महमद हुसेन, असलम आलम साइन, इर्साद साइन र सुनिल साह रहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्