पाकिस्तानी क्रिकेटर हसन अली भारतीय ज्वाई बन्दै

काठमाडौं । पाकिस्तानी क्रिकेट टिमका तिव्र गतिका बलर हसन अलीले भारतीय युवतीसँग विवाह गर्ने भएका छन् । उनले हरियाणाको मेवात जिल्लाकी सामिया आरजूसँग २० अगस्टमा विवाह गर्न लागेका हुन् । भारतीय युवतीसँग विवाह गर्ने हसन दोस्रो पाकिस्तानी क्रिकेटर हुन् ।

यसअघि सन् २०१० मा सोयब मलिकले टेनिस स्टार सानिया मिर्जासँग विवाह गरिसकेका छन् । हसन र सामियाको विवाह दुबईको एक होटलमा २० अगस्टमा हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । हसनकी हुनेवाली श्रीमती फ्लाइट इन्जिनियर हुन् । एजेन्सी

कमेन्ट गर्नुहोस्