नेकपाका अध्यक्ष प्रचण्ड परिवारसहित यूएई प्रस्थान

काठमाडौं, साउन १४ । पारिवारिक भ्रमणका क्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड आज संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गरेका छन् । अध्यक्ष प्रचण्ड आज बिहान त्यसतर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ ।

भ्रमण नितान्त पारिवारिक भएकाले कुनै पनि राजनीतिक भेटघाट भने नहुने बताइएको छ । भ्रमण टोलीमा उनकी पत्नी सीता दाहाल, दुई छोरी रेणु र गङ्गा पनि रहरेहका छन् । अध्यक्ष प्रचण्ड यही साउन १८ गते स्वदेश फर्कने कार्यक्रम छ ।

याे पनि पढ्नुस  राष्ट्रियतामा असर पर्ने कुनै सैन्य गठबन्धनमा सहभागी हुँदैनौं– अध्यक्ष प्रचण्ड

कमेन्ट गर्नुहोस्